Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 94 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

कम्युनिस्ट योद्धा छविचन्द्र ढकालको सम्झनामा स्मृति ग्रन्थ प्रकाशित हुँदै

कम्युनिस्ट योद्धा छविचन्द्र ढकालको सम्झनामा स्मृति ग्रन्थ प्रकाशित हुँदै

इन्दीप कोइराला बारा, १२ माघ । नेपाली कम्युनिस्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संलग्न रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन भएको छ । स्मृति ग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा हुँदै छ । यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए । उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए…
Read More
संसारको पहिलो पटक सेतो गैँडा आइभिएफवाट गर्भवती, विश्वमा दुई मात्रै बाँकी थिए

संसारको पहिलो पटक सेतो गैँडा आइभिएफवाट गर्भवती, विश्वमा दुई मात्रै बाँकी थिए

केन्या, १३ माघ । गैँडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ । जुन भ्रूण स्थानान्तरणे उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको छ । संसारमा अब दुई वटा उत्तरी सेतो गैँडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन् । तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आइभिएफ प्रविधिबाट गैँडालाई गर्भवती बनाएका छन् । बायो रेस्कु प्रोजेक्टले भनेको छ, ‘गैँडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ, यो ठुलो उपलब्धि हो, उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ ।’ उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । भनेको छ, ‘गैँडामा…
Read More
रुसको प्रसिद्ध जेनेटिक इन्स्टिच्युटका प्रमुखको दाबी, पहिले मानिस ९०० वर्ष बाँच्ने गर्दथे

रुसको प्रसिद्ध जेनेटिक इन्स्टिच्युटका प्रमुखको दाबी, पहिले मानिस ९०० वर्ष बाँच्ने गर्दथे

मस्को, १३ माघ । आजकल रुसमा एउटा समाचारको निकै चर्चा भइरहेको छ ।  वास्तवमा रुसी सरकारले आफ्नो एक प्रसिद्ध आनुवंशिक संस्थानका प्रमुखलाई उनको अनौठो बयानका कारण बर्खास्त गरेको छ।  रुसको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले यो कारबाही गरेको हो । जेनेटिक इन्स्टिच्युटका प्रमुखले पहिले मानव शताब्दीयौं सम्म बाँच्ने गरेको तर अहिले आधुनिक मानवको आयु लगातार छोटो हुँदै गएको बताएका थिए । उनका अनुसार छोटो जीवनको वास्तविक कारण उहाँका पुर्खाहरूले गरेका पापहरू रहेका हुन ।  समाचार एजेन्सी रिया–नोवोस्तीका अनुसार सोही बयानपछि उनलाई यो कारबाही गरिएको हो । यद्यपि मन्त्रालयले आफ्नो पोस्ट एक्सन रिपोर्टमा अलेक्जेन्डर कुद्र्याभत्सेभलाई बर्खास्त गर्नुको कुनै कारण बताएको छैन…
Read More
गठबन्धनले कोसीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने

गठबन्धनले कोसीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने

काठमाडौँ, १२ माघ । कोसी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये काँग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन्। विपक्षी गठबन्धनभन्दा धेरै मत भार हुँदा माओवादी उम्मेदवार कार्की पराजित बनेकी थिइन्। यससँगै कोसी प्रदेशका माओवादी नेताहरूले काँग्रेसले बेइमानी गरेको बताउँदै आएका छन्। काङ्ग्रेसकै कारण माओवादीले कोसीमा लगातार क्षति सहनुपरेको भन्दै सहकार्य तोड्ने चेतावनीसमेत दिएपछि शुक्रवार विराटनगरस्थित काँग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा 'फ्लोर क्रस' गर्ने कार्यलाई गैर जिम्मेवार र निकृष्ट कार्य भन्दै फ्लोर…
Read More
आइसिसी यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

आइसिसी यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

काठमाडौँ, १२ माघ । नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो। अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो। नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्। अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए। नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो…
Read More
लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्र मन्त्री साउद

लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्र मन्त्री साउद

काठमाडौँ, १२ माघ । परराष्ट्र मन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटेल एभरेस्टमा शुक्रवार आयोजित 'अवार्ड फर एक्सेलेन्स' कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्।  उनले भने, 'सबैभन्दा महत्त्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्य रूपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रूपमा हाम्रा जति पनि लगानीकर्ताहरू छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।'  मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका…
Read More
ढोरपाटनका मेयरविरुद्ध रेड नोटिस जारी

ढोरपाटनका मेयरविरुद्ध रेड नोटिस जारी

काठमाडौँ, १२ माघ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेट नोटिस जारी भएको छ।  ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपालीविरुद्ध रेड नोटिस जारी गरेको हो। रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गर्नेछन्। उनी भेटिएको अवस्थामा इन्टरपोलले पक्राउ गरेर नेपाल फिर्ता पठाउने छ। बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ। नेकपा एमालेबाट उनी पटक मेयरमा निर्वाचित भएका व्यक्ति हुन्।  नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य…
Read More
अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ, १२ माघ । अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो । अफगानिस्तानका लागि एएम घजानफरले सर्वाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौँ विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए । त्यसै गरी नेपाली बलर आकाश चन्दले सर्वाधिक ५ विकेट…
Read More
महान् लेनिनप्रति

महान् लेनिनप्रति

* विजय मल्ल कहिले नबजेको मास्कोको विराट् घण्टा एक दिन तुफानी रातमा बज्छ । सुन ए दुनियाँवासी ! कहिल्यै नगर्जने मास्कोको विशाल तोप तिम्रो घोर निद्रामा गर्जन्छ । धरती काम्छ, चट्टानहरू फुट्छन् हिउँका आँधी मच्चिन्छन् विशाल गगनभेदी महलहरू चुरचुर भई धरतीमा गाँजिन्छन् । पर्ख, यो पत्थरमा पाइला नहाल । यस पत्थर–पत्थरमा आत्मा छन् । यहाँ नचिच्याऊ, यहाँ पाइला पाइलामा इतिहास छन् । यो १९०५ सन्को चट्टानको ढिक्का हो, यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ । नपत्याए सुन, यो जीवनको गाथा गाउँछ । ऊ, को आयो हेर, नेभा नदीको तीरबाट लाख लाख मानिसको जुलुस लिएर । यो विशाल काया को उठ्यो…
Read More