30
Jun
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर :प्रदीपराज वन्त / रासस काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औँ राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् । आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेका नेताहरू अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबी गरेका हुन् । महाधिवेशन एमालेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले बताए । उनले भने- ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका…