health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

वसन्त भण्डारी, हेटौँडा | मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ। जिल्लाका १६ वटा विद्यालयहरूमा एसइई नतिजा शून्य रहेको छ, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू रहेका छन्।
विशेष गरी, कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ। यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११ जना मात्र उत्तीर्ण भएका छन्। कालीदेवी मावि र रत्न ज्योति माविमा त एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
जिल्लाका ९ वटा पालिकाका १५ वटा सामुदायिक माध्यमिक विद्यालय र हेटौँडा उपमहानगरपालिकाको एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ। यस्तो परिणामले ग्रामीण क्षेत्रमा सञ्चालित ११ कक्षाको पढाइमा समेत असर पर्ने देखिएको छ।
समग्रमा, मकवानपुर जिल्लाबाट एसइईमा सहभागी ५,७५२ परीक्षार्थीमध्ये २,०९८ जना (३६.४७ प्रतिशत) मात्र ११ कक्षा भर्ना हुन योग्य भएका छन्। यो तथ्याङ्कले जिल्लाको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखाउँछ।