health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा सोमबार बिहान आगलागी भएको हो । स्थानीय टेलिभिजन फुटेजले आगो निभाउने प्रयास गर्दा पनि कारखानामा सानो विस्फोट भएको देखाइएको छ । सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो ।
दक्षिण कोरिया लिथियम ब्याट्रीको ठुलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र ल्यापटपमा प्रयोग गरिन्छ । ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले यस दुर्घटनामा हालसम्म १६ जनाको मृत्यु भएको र सात जना घाइते भएको बताएका छन् ।
यस कारखानाको दोस्रो तल्लामा करिब ३५ हजार ब्याट्री राखेर अन्य ठाउँमा पठाउनका लागि ती ब्याट्रीहरू प्याक गरिएको थियो ।
ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए ।