health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २ माघ । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशङ्का गरिएको छ।
नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकबाट मङ्गलवार बिहान त्रिशूली नदीमा जिप खसेको थियो।
खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको थियो।
बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो।
त्यस क्रममा सेतो रङ्गको सिङ्गल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।
उनका अनुसार एक जना ट्याङ्कर चालकले जिपबाट चालक निस्केको देखेको बताएका छन्।
‘ट्याङ्कर चालकले जिपका चालक भागेको देखेको बताएका छन्, उनलाई खोजिरहेका छौँ,’ भण्डारीले भने।
बिहान नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो। सशस्त्रको गोताखोरले जिप फेला पारे पनि त्यसमा यात्रुहरू थिएनन्।
‘अहिलेसम्म कोही यात्रु फेला परेको स्थिति छैन,’ भण्डारीले भने, ‘मोटर बोटबाट खोजी गरिरहेका छौँ।’
जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन।