17
Nov
काठमाडौँ । पूर्व सभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुङ्गानाको निधन भएको छ । फ्रन्टलाइन अस्पताल, काठमाडौँमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ । उनी कलेजोसम्बन्धी समस्याबाट पीडित ढुङ्गाना केही समय देखी उपचाररत थिए । ढुङ्गाना आम निर्वाचन २०४८ मा काठमाडौँ जिल्लाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन्। 'पूर्व सभामुख एवं संविधानविद्…