24
Jul
* हेम बिजी घाम डुबेको आधा समय र घाम उदाउन बाँकी आधा समय ए मध्यरात यो निस्पट्ट अन्धकार रातमा तैँले सिंहदरबारको कुर्ची बदल्छस् किन सिंहदरबारको सत्ता पल्टाउँछस् किन निदाइरहेको बेला सपनामा जनताहरू र जाग्राम राखेर नेताहरू भोली मध्यान्ह नआउँदै तैँले ए मध्यरात कुर्चीको खेल खेल्छस् किन सत्ताको झेल खेल्छस् किन मैले सुनेको छु ए मध्यरात तैँले हतार हतारमा कुर्ची बदल्न सम्झौता गरिस् रे मध्यरातमै सत्ता फेर्न हस्ताक्षर गरिस् रे मध्यरातमै मेरो मध्यरातलाई प्रश्न छ तैँले मध्यरातमा सम्झौता गर्नेले मध्यरातमा भूकम्पमा घरहरू ढल्दा कहिल्यै झुप्राहरू बनाउन मध्यरातमा सम्झौता गरिनस् किन तैँले मध्यरातमा हस्ताक्षर गर्नेले मध्यरातमा बालिका बलात्कृत हुँदा कहिल्यै बालिकालाई न्याय…