Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
June 2024 - Page 2 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: June 2024

क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने 

क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने 

काठमाडौँ । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दीपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदै छ । यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।
Read More
नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न

नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न

काठमाडौँ असार ७ । ‘नेपाली लघुकथामा प्रगतिशीलता एक प्रमुख चेतनाको रूपमा विकास भइसकेको’ लघुकथाकार डा.पुष्करराज भट्टले बताए । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको नेपाली लघुकथामा प्रगतिशीलता विषयक ७२औँ परिसंवाद कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।  असार ७ गते बागबजारस्थित प्रलेस कार्यालयमा भएको परिसंवाद कार्यक्रममा डा.भट्टले, ‘सूत्रात्मक हुनु, आकस्मिक हुनु, व्यङ्ग्यात्मक हुनु, प्रहारक क्षमता हुनु लघुकथाको प्रमुख विशेषता भएको’ बताए– ‘यस प्रकारको कथामा प्रारम्भमा कुनै घटनाको प्रारम्भ हुन्छ, घटनाको विकाससँग दुई भिन्न प्रवृत्तिका बिचमा सङ्घर्ष हुन्छ र अन्त्यमा फरक फरक विचार वा दृष्टिकोण सहित समापन हुन्छ ।’  परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्नै डा.भट्टले भने, ‘लघुकथाको प्रारम्भ र मध्यमा जुन खाले…
Read More
अग्निजन्य हिंसा र दुर्घटना न्यूनीकरणको विषय सरकारले प्राथमिकतामा नराखेको गुनासो

अग्निजन्य हिंसा र दुर्घटना न्यूनीकरणको विषय सरकारले प्राथमिकतामा नराखेको गुनासो

असार ७, काठमाडौँ । सङ्घीय सांसदहरूले सरकारले अग्निजन्य हिंसा तथा दुर्घटना न्यूनीकरणको विषय प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् । अग्निजन्य घटना र यसबाट प्रभावितहरूको विषयलाई सरकारले नीति तथा कार्यक्रम र बजेट दुबैमा प्राथमिकता दिन नसकेको भन्दै सांसदहरूले आगामी दिनमा यसबारे गम्भीर हुनुपर्ने बताएका हुन् । आज अग्नि हिंसा पीडित (विभिएस) नेपालले काठमाडौँमा आयोजना गरेको अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था विषयक नीतिगत छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानु बस्नेत सुवेदीले एसिडका घटना प्राथमिकता र चर्चाको विषय बन्ने गरेको भए पनि आगोले पोल्ने, जल्ने तथा अन्य जलनका विषय कम मात्रै आवाज उठ्ने गरेको बताउनुभयो । साथै अग्निजन्य…
Read More
ब्राजिल पुगेर बालेनले भने- ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ

ब्राजिल पुगेर बालेनले भने- ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।  ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले ‘मेयरल राउन्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा यस्तो धारणा राखेका हुन् ।  ‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भने, ‘ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरूमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले…
Read More
अमेरिकी सांसदहरूले हिमाचलमा दलाई लामालाई भेटेपछि भारतको भूमिकामा प्रश्न

अमेरिकी सांसदहरूले हिमाचलमा दलाई लामालाई भेटेपछि भारतको भूमिकामा प्रश्न

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभको प्रतिनिधिमण्डलले बुधवार हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेको छ । सो क्रममा प्रतिनिधिमण्डलले तिब्बतको स्वायत्तताको मुद्दा उठाउँदै तिब्बतीप्रति अमेरिकाको समर्थन अटल रहेको बताएपछि यो विषय अन्तर्राष्ट्रिय रूपमा नै चर्चामा रहेको छ । विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको मुद्दा उठाए पछि चीनले कडा प्रतिक्रिया दिएको छ । यसका बाबजुद भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र दलाई लामा र चीनबिच चलिरहेको तनावबारे टिप्पणी गर्नबाट बचिरहेको छ । यस विषयमा सामाजिक सञ्जालदेखि विदेश मामिलाका विज्ञहरूले प्रश्न उठाइरहेका छन् । उनीहरूले यसबाट भारतलाई के फाइदा हुन्छ ? भन्दै प्रश्न गरेका छन् भने उनीहरूले…
Read More
बलिबुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

बलिबुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

काठमाडौँ । बलिवुडकी चर्चित गायिका अल्का याग्निकले आफूले अचानक कान सुन्न छोडेको जानकारी दिएपछि अहिले यो विषय चर्चामा रहेको छ । सामाजिक सञ्जालमार्फत आफूले कान सुन्न छोडेको जानकारी दिँदै गायिका याग्निकले   भाइरस हमलाका कारण सुन्ने क्षमता गुमाएको बताएकी छन् । उनले लेखेकी छन्- 'केही साताअघि विमानबाट ओर्लँदै गर्दा अचानक मैले केही सुन्न नसक्ने महसुस गरे । यो घटनापछि धेरैलाई धैर्यता गर्नु पर्यो । आखिर, म मेरो मौनता तोड्न चाहन्छु र मेरा सबै साथीहरू र शुभचिन्तकहरूलाई बताउन चाहन्छु किन म लामो समयदेखि नसुन्ने भएकी छु । परीक्षण पछि डाक्टरले मलाई 'सेन्सरी न्युरल' अर्थात् श्रवण शक्तिमा कमी भएको पत्ता लगाएका छन् ।…
Read More
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो- प्रधानमन्त्री

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याइने बताए । “शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय…
Read More
अमेरिकी पूर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

अमेरिकी पूर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

काठमाडौँ । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको पूर्व सभामुख न्यान्सी पेलोसीसहित तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल भारतको हिमाचल प्रदेशको धर्मशाला पुगेको छ । अमेरिकाबाट आएका सात जनाको यो प्रतिनिधिमण्डलले बिहीबार बौद्ध धर्मगुरु दलाई लामासँग भेट गर्नेछ । यस अवधिमा चीन-तिब्बत विवाद सम्बन्धी हालै पारित गरिएको विधेयकमाथि अमेरिकी संसद्मा छलफल हुनेछ । यस भेटको चीनले भने कडा विरोध गरेको छ । चीनले तिब्बतलाई चीनको हिस्सा नमानेर अमेरिकाले आफ्नो प्रतिबद्धताको सम्मान नगरे चीनले यस विषयमा ‘कडा कदम’ चाल्ने चेतावनी दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चिनले भनेका छन्, 'सबैलाई थाहा छ कि १४औँ दलाई लामा विशुद्ध धार्मिक व्यक्ति…
Read More
सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीतिक क्रियाकलापमा बढी सक्रिय हुने, नियमित विद्यालयमा उपस्थित नहुने, विद्यार्थीलाई पर्याप्त ज्ञान प्रदान गर्न अल्छी गर्ने आरोप खेप्दै आएका छन्। तर, कैलालीको धनगढी उपमहानगरपालिका- १२ जुगेडामा रहेको श्री दुर्गा आधारभूत विद्यालय भने शैक्षिक गुणस्तर अभिवृद्धिमा फड्को मार्दै गइरहेको छ। विद्यालयका प्र अ मोहन भण्डारी विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्नेमा तल्लीन देखिन्छन्। भण्डारीको सक्रियतामा शैक्षिक गुणस्तर अभिवृद्धि मात्र भएको छैन, विद्यार्थी सङ्ख्या पनि बढ्दै गइरहेको छ। विद्यालयमा वालविकासदेखि ८ कक्षासम्म पठनपाठन हुन्छ। वालविकासदेखि १ कक्षासम्म अङ्ग्रेजी माध्यम र २ देखि ८ कक्षासम्म नेपाली माध्यममा पठनपाठन…
Read More
दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

काठमाडौँ । दक्षिणी इटालीको तटमा दुई वटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेर ५१ जनालाई बचाएको बताएको छ ।  चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ जसमध्ये २६ बालबालिका रहेको आशङ्का गरिएको छ । यो डुङ्गा लिबिया र टर्कीका आप्रवासीहरू लिएर गएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् । लाम्पेडुसा नजिकै दुर्घटनामा परेका जहाजबाट उद्धार गरिएका मानिसहरूलाई इटालियन कोस्ट गार्डलाई हस्तान्तरण गरिएको छ र मृत्यु भएकाहरूलाई समुद्र तटमा…
Read More