Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 2024 - Page 2 of 13 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: April 2024

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिँदै

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ ।आजदेखि दुई दिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ । होटेल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुई वटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुई वटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीन वटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीन वटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा…
Read More
नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य- अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य- अर्थमन्त्री पुन

काठमाडौँ । तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले उद्घाटन सत्रमा सम्बोधन गर्दै नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताएका हुन् । उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरूबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताए । उनले लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको भन्दै नेपालका…
Read More
सोभियत सङ्घका निर्माणकर्ता लेनिन उद्भवको कथा

सोभियत सङ्घका निर्माणकर्ता लेनिन उद्भवको कथा

-डा चूडाप्रसाद ढकाल 1. प्रस्तावना यो निबन्धले रुसी साम्राज्यवादी युगको अन्त्यतिर राजनीतिक र सामाजिक परिवर्तनको लहरमा उभिएका एक युवा व्लादिमिर इलिच लेनिनको बारेमा प्रकाश पार्दछ। उनको जन्म १८७० मा उच्च शिक्षित परिवारमा भएको थियो, जहाँ उनले राजनीतिक चेतना र सामाजिक न्यायप्रति गहिरो रुचि विकसित गरे। त्यो समय रुस विशाल सामाजिक र आर्थिक असमानताका कारण आन्तरिक रूपमा तनावग्रस्त थियो, र साम्राज्यवादी नीतिले जन साधारणमा ठुलो असन्तुष्टि उत्पन्न गरेको थियो। यसै गरी, पहिलो रुसी क्रान्ति(सन १९०५) पछि उत्पन्न अस्थिरताले लेनिनको वैचारिक यात्रालाई निश्चित रूप दिन ठुलो भूमिका खेल्यो। लेनिनले त्यस समयका अन्यायपूर्ण राजनीतिक ढाँचाविरुद्ध आफ्नो मत व्यक्त गर्न थाले, र यी अनुभवहरूले…
Read More
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !

समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !

काठमाडौँ । धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउँछौँ । इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन् । कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ । पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ । समुन्द्र मुनि बिछ्याइएको फाइबर अप्टिकल केबलमा अवोर्ध भएको समाचार आएको छ । समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिङ्गापुर लगायत एसियाका धेरै देशहरूमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन्…
Read More
नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।  यसअघि टस हरेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए भने एलिक अथानाजेले…
Read More
आचारसंहिता उलङ्घन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग

आचारसंहिता उलङ्घन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग

काठमाडौँ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् ।  लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अङ्कित ब्याच लगाएर गएपछि आचारसंहिता उलङ्घन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिने गरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताएका छन् । लिम्बुले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राखे पनि आचारसंहिता…
Read More
इलाम-२ र बझाङमा मतदान सुरु

इलाम-२ र बझाङमा मतदान सुरु

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ ।  निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।   इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, काङ्ग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् । त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेसमबहादुर…
Read More
प्रलेस परिसंवादमा डा.रिजालले भने–औद्योगिक क्रान्तिले बेरोजगार संस्कृति बढ्यो 

प्रलेस परिसंवादमा डा.रिजालले भने–औद्योगिक क्रान्तिले बेरोजगार संस्कृति बढ्यो 

वैशाख १४, काठमाडौँ । ‘उत्पादनको क्रममा नै दर्शनको निर्माण तथा विकास हुँदै जान्छ । त्यही अवधिमा संस्कृतिको निर्माण हुन्छ ।’ – दर्शनशास्त्री डा.निमानन्द रिजालले बताए । प्रगतिशील लेखक सङ्घको ७१औँ परिसंवाद कार्यक्रमको अवसरमा उनले सो धारणा राखेका हुन् ।  वैशाख १४ गते बागबजारस्थित प्रलेस कार्यालयमा आयोजित कार्यक्रममा डा.रिजालले भने, ‘समाज विकास र दर्शनबाट मानिसको जीवन निर्धारित हुन्छ ।’ उनले अगाडि भने, ‘उत्पादनकै कारण नयाँ नयाँ संस्कृतिमा मानव समाज जोडिँदै गइरहेको हुन्छ ।’  संस्कृतिको जन्म उत्पादनसँग गाँसिएको हुन्छ भन्दै डा.रिजालले भने, ‘उत्पादनको भौतिक जगत्सँग अन्योन्याश्रित सम्बन्धमा हुन्छ  र चेतना पनि भौतिक जगत्सँगको सम्बन्धको उपज हो ।’  ‘मानवको उत्पत्तिदेखि आजसम्म आइपुग्दा भौतिक…
Read More
गठबन्धन झन्डै झन्डै टुट्यो- अध्यक्ष नेपाल

गठबन्धन झन्डै झन्डै टुट्यो- अध्यक्ष नेपाल

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर :प्रदीपराज वन्त / रासस काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुट्नबाट बचेको बताए । अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढङ्गले मिलाएर अगाडि बढ्नुपर्ने बताए । उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमन्ड गर्न नहुने बताए…
Read More
धरौटी बुझाएपछि रिहा भए दीपेश पुन

धरौटी बुझाएपछि रिहा भए दीपेश पुन

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रवार पुन रिहा भएका हुन् । गत शुक्रवार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए । पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठनका महासचिवसमेत हुन् । उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।
Read More