Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 2024 - Page 12 of 13 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: April 2024

का.विप्लवको अलमल

का.विप्लवको अलमल

मनाेज भट्ट क. विप्लवले २०८० साल चैत १९ गते राजधानी स्थित एउटा टिभीलाई अन्तरवार्ता दिनु भएको छ ।त्यो अन्तरवार्तामा उहाँले व्यक्त गर्नु भएका विचारमा प्रशस्तै अलमल देखिएको छ ।हुन त का. विप्लवका कैयौँ राजनीतिक कदम अलमलमा नै बितेको पाइन्छ । १.प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै क्रान्तिलाई जारी राख्ने नाममा उहाँले शान्ति र संविधानमा जोड दिनुको सट्टा सशस्त्र कारबाहीमा लाग्नु भयो ।त्यो सशस्त्र कारबाही सफल हुने प्रश्न नै थिएन ।अन्तमा केही कार्यकर्ताहरूको अनाहकको बलिदानी पछि शान्तिपूर्ण राजनीतिमा आउनु पर्‍यो । २.शान्तिपूर्ण राजनीतिमा आए पनि वर्ग सङ्घर्ष,सशस्त्र सङ्घर्षको अनिवार्यता तथा सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई अङ्गीकार गर्दै पार्टीको कार्यदिशा तय गर्न सकिन्छ ।त्यो…
Read More
चिकेनमा मसला नहालेको भन्दै श्रीमानले छतबाट फालिदिए श्रीमती

चिकेनमा मसला नहालेको भन्दै श्रीमानले छतबाट फालिदिए श्रीमती

इस्लामबाद, २० चैत  । खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईँले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्।  सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेको कारणले आफ्नी श्रीमतीलाई छतबाट तल फालेका छन् । घटना पाकिस्तानको लाहोर सहरस्थित नोनारियन चोकमा भएको बताइएको छ । यहाँ शालिमार रोड नजिकै बस्ने मरियमलाई उनका श्रीमानले यही कारणले टेरेसबाट फालेका हुन्, किनभने कुखुरा उसलाई नरम लाग्थ्यो। जसमा खुर्सानी कम थियो । यो डरलाग्दो घटनापछि त्यहाँ उपस्थित मानिसहरूले तत्काल महिलालाई नजिकको अस्पतालमा भर्ना…
Read More
बागमतीमा एकीकृत समाजवादीकी आले बनिन् मन्त्री

बागमतीमा एकीकृत समाजवादीकी आले बनिन् मन्त्री

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जमरकट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । आलेले मन्त्री बनाउने सर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन् । उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् । योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ४,  एमालेका एक, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् ।
Read More
फ्रेन्डसिप कपमा आज नेपालले बरोडासँग खेल्दै

फ्रेन्डसिप कपमा आज नेपालले बरोडासँग खेल्दै

काठमाडौँ । नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसिएसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि सुरु हुँदै छ । नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो । त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसिएसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ । नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् । 
Read More
रेशम चौधरी भन्छन्- हल्लाको पछाडि नलागौँ, पार्टी कसैको पेवा होइन

रेशम चौधरी भन्छन्- हल्लाको पछाडि नलागौँ, पार्टी कसैको पेवा होइन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दै चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्विकार्ने बताएका हुन् । उनले भनेका छन्- 'पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालीमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौँ । अनावश्यक हो- हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे…
Read More
आयरल्यान्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी

आयरल्यान्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी

काठमाडौँ । नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्यान्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले…
Read More
नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई दियो २१४ रनको लक्ष्य

नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई दियो २१४ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए ले आयरल्यान्ड वोल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो । नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए । त्यसै गरी आयरल्यान्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन…
Read More
बागमतीमा पालैपालो मुख्यमन्त्री बन्ने सहमतिपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

बागमतीमा पालैपालो मुख्यमन्त्री बन्ने सहमतिपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

हेटौडा । बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ । एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै  मुख्यमन्त्री सालिकराम जमरकट्टेले विश्वासको मत पाउने निश्चित भएको छ । यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफूले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबन्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो ।  अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।  बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
Read More
आयरल्यान्ड वोल्भ्सविरुद्ध टस हारेर नेपाल ए ले पहिला ब्याटिङ गर्दै

आयरल्यान्ड वोल्भ्सविरुद्ध टस हारेर नेपाल ए ले पहिला ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । यस खेलमा आयरल्यान्ड वोल्भ्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै यस खेलमा नेपाल ए ले पहिला ब्याटिङ गर्ने भएको छ । आयरल्यान्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्यान्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो ।  यो सिरिज पछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । नेपाल ए को प्लेइङ ११- विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल,…
Read More
केजरीवाललाई १५ दिनको लागि न्यायिक हिरासतमा पठायो

केजरीवाललाई १५ दिनको लागि न्यायिक हिरासतमा पठायो

काठमाडौँ । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्ड समेत नदिएको बताएको थियो । केजरीवालले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए । केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।
Read More