health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ।
दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्ड समेत नदिएको बताएको थियो ।
केजरीवालले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए । केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।