Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 27, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: March 27, 2024

अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी श्रीअन्तुमा हुने

अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी श्रीअन्तुमा हुने

काठमाडौँ । विश्वभरिका लेखक तथा साहित्यकारहरूलाई एकै ठाउँमा जमघट गराउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय प्रगतिशील काव्य गोष्ठी हुने भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा हुने सो गोष्ठी नेपालको पर्यटकीय जिल्ला इलामको श्रीअन्तुमा ज्येष्ठ १२ गते हुने भएको छ ।  प्रलेसका महासचिव डा.देवी दुलाल क्षेत्रीद्वारा हस्ताक्षरित प्रेस वक्तव्य अनुसार नेपालको साहित्यलाई विश्व स्तरमा चिनाउने तथा अन्य देशका प्रगतिशील साहित्यबाट नेपालका साहित्यकारले सिक्न नै काव्य गोष्ठी आयोजना गरिएको बताइएको छ । विश्व स्तरका प्रगतिशील साहित्यकारहरूको सिर्जनालाई प्रस्फुटित गर्ने उद्देश्यका साथ व्यापक तयारी तथा प्रचार प्रसार पनि चलिरहेको आयोजकले जानकारी गराएको छ ।  जारी विज्ञप्ति अनुसार गोष्ठी भन्दा एक दिन अगाडि ज्येष्ठ ११…
Read More
बलियो पार्टी भनेको के हो ? 

बलियो पार्टी भनेको के हो ? 

समीर सिंह जर्मनीमा भएको दार्शनिक सेमिनारमा गएको बेला विभिन्न देशका व्यक्तिहरूले मलाई सोध्ने गर्दथे, ‘तपाईँको पार्टी नेपालमा कति बलियो छ ?’ मेरो जवाफ हुने गर्दथ्यो, ‘हाम्रो पार्टी नेपाल भन्दा भारतमा बलियो छ ।’ पार्टीको सङ्गठनात्मक संरचनाको आधारमा होइन कि विश्व दृष्टिकोणको आधारमा मेरो यस प्रकारको जवाफ हुने गर्दथ्यो । १४ दिनसम्म त्यहाँको सेमिनारमा सहभागी भएपछि मेरो विश्व दृष्टिकोणमा पनि केही फरक आउँदै गइरहेको थियो । त्यही दृष्टिकोणका तथा बुझाइका आधारमा मेरो त्यस प्रकारको जवाफ हुने गर्दथ्यो ।  कस्तो पार्टीलाई बलियो पार्टी भन्ने ? यो बहसको विषय हुने गर्दछ । यो प्रश्नको सन्दर्भमा दार्शनिक सेमिनारको निष्कर्ष यो हुने गर्दथ्यो, ‘निम्न पुँजीवादी…
Read More
केजरीवाल बारे अमेरिकी टिप्पणीप्रति भारतको आपत्ति

केजरीवाल बारे अमेरिकी टिप्पणीप्रति भारतको आपत्ति

काठमाडौँ । भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइप्रति कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको कडा आलोचना गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'भारतका केही कानुनी प्रक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको हामी कडा आलोचना गर्छौँ । कूटनीतिमा देशहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाहरूको सम्मान गर्ने अपेक्षा गरिन्छ। लोकतान्त्रिक मुलुकबाट यो अपेक्षा झनै बढ्छ । भारतको कानुनी प्रक्रियाहरू स्वतन्त्र न्यायपालिकामा आधारित छन् जुन वस्तुनिष्ठ र समयसापेक्ष न्याय प्रदान गर्न प्रतिबद्ध छ । यसलाई प्रश्न गर्नु अनुचित हो ।' यस अघि दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारी…
Read More
केन्द्र र प्रदेशमा नयाँ समीकरणलाई समर्थन गर्ने नाउपाको निर्णय

केन्द्र र प्रदेशमा नयाँ समीकरणलाई समर्थन गर्ने नाउपाको निर्णय

sf7df8f}F, #) kmfu'g k|ltlglw;efsf] a'waf/ a;]sf] a}7sdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] ljZjf;sf] dtsf ;DaGwdf wf/0ff /fVb} gful/s pGd'lQm kf6L{sf cWoIf /l~htf >]i7 . tl:a/ M /Tg >]i7÷/f;; धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रको नयाँ समीकरणलाई केन्द्र र प्रदेशमा समर्थन गर्ने निर्णय गरेको छ । बुधवार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले सङ्घ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ ।  अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेसम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन्…
Read More
रेसम चौधरी विदेशमा, रञ्जिताले बोलाइन केन्द्रीय समिति बैठक

रेसम चौधरी विदेशमा, रञ्जिताले बोलाइन केन्द्रीय समिति बैठक

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रहेको विवाद रोकिने सङ्केत देखिएको छैन । अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेसम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो । चौधरी हाल जापान भ्रमणमा छन् ।  संरक्षक चौधरीको उपस्थिति बिना बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले बैठक बहिस्कार गर्ने तयारी गरेका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरूले बताएका छन् । पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन् भने प्रदेशमा पनि सोही समीकरणलाई समर्थन गर्नुपर्ने बताउँदै आएकी छन्…
Read More
धर्मनिरपेक्षताको दर्शन र नेपाल 

धर्मनिरपेक्षताको दर्शन र नेपाल 

गोविन्द शरण उपाध्याय  १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा secularism को प्रयोग इन्दिरा गान्धीको ४२ औँ संशोधनका माध्यमले गरेको थियो | मूलतः अङ्ग्रेजी भाषामा लेखिएको भारतीय संविधानको आधिकारिक अनुवादमा secularism लाई पन्थ-निरपेक्ष भनेर गरिएको छ | विक्रम संवत् २०१८ देखि २०६२ सम्म नेपाल संवैधानिक हिन्दु राष्ट्र थियो तर व्यावहारिक रूपमा आ-आफ्ना धर्म, संस्कृति तथा संस्कृति मान्न पाउने अधिकार थियो | विक्रम संवत् २०७२ को संविधानले नेपाली राज्य-व्यबस्थालाई धर्मनिरपेक्ष बनायो | नेपाली भाषामा लेखिएको नेपालको संविधान २०७२ ले secularism लाई धर्मनिरपेक्ष लेखेपछि यसको पक्ष र विपक्षमा निकै बहस हुने गरेको छ | धेरै नेपालीहरूको अभिमत secularism को अर्थ…
Read More
अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

सिडनी, १४ चैत । अस्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अस्ट्रेलियाले विद्यार्थी भिसामा कडा गरेको हो । गत शनिवार देखि विद्यार्थी र स्नातक भिसाका लागि अङ्ग्रेजी भाषा आवश्यकता थप बढाइएको छ  । जबकि सरकारले बारम्बार नियम उल्लङ्घन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्न शिक्षा प्रदायकहरूलाई निलम्बन गर्ने अधिकार प्राप्त गर्नेछ। ‘हामीले विरासतमा पाएको बिग्रिएको प्रणालीलाई ठिक गर्न माइग्रेसन रणनीतिमा हाम्रा प्रतिबद्धताहरू पूरा गर्ने क्रममा यस सप्ताहान्तका कार्यहरूले माइग्रेसनको स्तरलाई तल ल्याउनेछ,’ गृह मामिला मन्त्री क्लेयर ओनिलले भने । एक नयाँ वास्तविक विद्यार्थी परीक्षण…
Read More
परपुरुषसँग अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने तालिबानको घोषणा

परपुरुषसँग अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने तालिबानको घोषणा

काबुल, १४ चैत । अफगानिस्तानमा फेरी अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने नियम बनाइएको छ ।  तालिबान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अवैध सबन्ध राख्ने महिलालाई सार्वजनिक स्थलमा ढुङ्गाले हानेर मारिनेछ । उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात् आफ्नो पति बाहेक अरूसँग यौन सम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ। एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिँदै  इस्लामिक कानुन सरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन् । उनले भने, ‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ ।…
Read More