health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रहेको विवाद रोकिने सङ्केत देखिएको छैन ।
अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेसम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो । चौधरी हाल जापान भ्रमणमा छन् ।
संरक्षक चौधरीको उपस्थिति बिना बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले बैठक बहिस्कार गर्ने तयारी गरेका छन् ।
अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरूले बताएका छन् । पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन् भने प्रदेशमा पनि सोही समीकरणलाई समर्थन गर्नुपर्ने बताउँदै आएकी छन् ।
तर संरक्षक चौधरीले भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ जना मध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन् ।