Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 18, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: March 18, 2024

बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते

बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते

काठमाडौँ, ५ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटना सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।  निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना भएको हो।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए। उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए।  बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनामा परेको हो। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी…
Read More
मधेसमा डढेलो आतङ्क : हजारौँ वन्यजन्तु तथा चराचुरुङ्गी सङ्कटमा

मधेसमा डढेलो आतङ्क : हजारौँ वन्यजन्तु तथा चराचुरुङ्गी सङ्कटमा

विशाल बस्नेत/ न्युज कारखाना  महोत्तरी, ५ चैत । मधेसका चुरे क्षेत्रमा जताततै आगलागी हुँदा चराचुरुङ्गी तथा वन्यजन्तुमा सङ्कट सिर्जना भएको छ। नयाँ घाँस पलाउने र विषालु सर्प तथा किरा, फटयांग्रा नष्ट गर्ने उद्देश्यले वनमा नियत बस लगाइएको डढेलो र हावाहुरीको कारण लाग्ने डढेलोले चरम सङ्कट सिर्जना भएको हो। पछिल्लो समय धनुषा, महोत्तरी र सर्लाहीका  जङ्गलमा आगलागी कै कारण सयौँ वन्यजन्तु र चराचुरुङ्गी मृत अवस्थामा भेटिएका छन् भने मानववस्ती नजिक भएको गाउँमा धनजनको क्षति समेत भएको देखिएको छ। मौसम परिवर्तन सँगै वन क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण भन्दा बाहिर गएको वन सम्बद्ध सरोकारवाला अधिकारीहरूले  बताएका छन्। तथ्यांकअनुसार मधेस प्रदेशको  ९ लाख ५८ हजार…
Read More
परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरू एक ढिक्का हुने बेला आयो : मन्त्री तामाङ

परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरू एक ढिक्का हुने बेला आयो : मन्त्री तामाङ

काभ्रेपलान्चोक, ५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले संविधान र परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरू एक ढिक्का हुने बेला आएको बताएका छन्।  काभ्रेको अनैकोटमा आयोजित २६ औँ सांस्कृतिक सहिद दिवस एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।  ‘हामीले भनेको र सोचेको सबै कुरा समावेश नभए पनि विगतका विभिन्न चरणमा घोषणा गरिएका संविधानभन्दा अग्रगामी संविधान बनेको छ, कमसेकम गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई संस्थागत गरेका छौँ,’ मन्त्री तामाङले भने, ‘यी राजनीतिक उपलब्धिहरूलाई कमजोर हुन नदिनका लागि फेरि सबै क्रान्तिकारीहरू एक ढिक्का हुने बेला आएको छ।’ मन्त्री तामाङले यो वा…
Read More
सुन तस्करी प्रकरण : पूर्व सभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो

सुन तस्करी प्रकरण : पूर्व सभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याएर अपराह्न रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।   सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 
Read More
सुन तस्करी प्रकरण : पूर्व सभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा

सुन तस्करी प्रकरण : पूर्व सभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा

रुपन्देही, ५ चैत । पूर्व सभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार  रुपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौँ ल्याउने तयारी गरेको छ । 
Read More
सीमा पिलर मर्मत: नेपाली पक्ष तीव्र, भारतीय सुस्त

सीमा पिलर मर्मत: नेपाली पक्ष तीव्र, भारतीय सुस्त

सुरुचि भण्डारी बारा, ५ चैत । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ । सन २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मत सम्भार गर्ने निर्धारण गरेको सीमा स्तम्भको बारामा मर्मत सुरु गरिएको हो ।  यसअघि नापी विभागबाट सीमा स्तम्भ मर्मत गरिन्थ्यो तर २०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमा स्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो ।  सरकारबाट मर्मत सम्भार गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बाराको सदरमुकाम कलैया उपमहानगरपालिका, पचरौता तथा सिम्रौनगढ नगरपालिका, फेटा, विश्रामपुर, सुवर्ण, र प्रसौनी गाउँपालिकासँग सीमा जोडिएको नेपाल…
Read More
इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्ध हुन्छ’

इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्ध हुन्छ’

रोम, ५ चैत । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ ।  इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने,  ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो भने यो ठुलो गल्ती हुनेछ। हामीले युक्रेनलाई यति धेरै सहयोग गर्नुपर्छ कि उसले आफूलाई बचाउन सक्छ।’ उनका अनुसार युक्रेनमा प्रवेश गरी रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्धलाई निम्तो दिनु हो। इटालीका विदेश मन्त्रीको यो टिप्पणी फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना पठाउने कुरा गरिरहेको बेला आएको हो । ताजानीले पनि हाम्रो सेनाले जे गरिरहेको छ त्यो राम्रो भएको बताए । उनले लाल सागरमा हाम्रा जहाजहरू बचाउँदै…
Read More
अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने

अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने

न्युयोर्क, ५ चैत । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ।  कम्पनीले ६ घण्टाको हाई टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ। यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइनेछ। यसका लागि टिकटको मूल्य करिब ४.१० करोड रुपैयाँ हुनेछ । यो ६ घण्टाको यात्रा अर्को वर्ष सुरु हुनेछ। यस यात्राका लागि स्पेस वीआईपी कम्पनीले स्पेस पर्स्पेक्टिभ कम्पनीको स्पेसशिप नेप्च्युन प्रयोग गर्नेछ। यसले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान गर्नेछ। ब्लुमबर्ग रिपोर्टका अनुसार स्पेस बेलुन समुन्द्र सतहबाट १…
Read More
प्रज्ञा-प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा  

प्रज्ञा-प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा  

काठमाडौँ । नेपालका भाषा ,साहित्य ,संस्कृति , समाजशास्त्र र दर्शनशास्त्रसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरूप विधागत रूपमा दीर्घ साधना गरिरहेका १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार -२०८० प्रदान गर्ने निर्णय प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले गरेको छ ।  बैठकको निर्णयअनुसार खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार , मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार , शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार , घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार ,प्रा.डा.देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार ,बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य) ,राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य),गङ्गा…
Read More