health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

विशाल बस्नेत/ न्युज कारखाना
महोत्तरी, ५ चैत । मधेसका चुरे क्षेत्रमा जताततै आगलागी हुँदा चराचुरुङ्गी तथा वन्यजन्तुमा सङ्कट सिर्जना भएको छ।
नयाँ घाँस पलाउने र विषालु सर्प तथा किरा, फटयांग्रा नष्ट गर्ने उद्देश्यले वनमा नियत बस लगाइएको डढेलो र हावाहुरीको कारण लाग्ने डढेलोले चरम सङ्कट सिर्जना भएको हो।
पछिल्लो समय धनुषा, महोत्तरी र सर्लाहीका जङ्गलमा आगलागी कै कारण सयौँ वन्यजन्तु र चराचुरुङ्गी मृत अवस्थामा भेटिएका छन् भने मानववस्ती नजिक भएको गाउँमा धनजनको क्षति समेत भएको देखिएको छ।
मौसम परिवर्तन सँगै वन क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण भन्दा बाहिर गएको वन सम्बद्ध सरोकारवाला अधिकारीहरूले बताएका छन्।
तथ्यांकअनुसार मधेस प्रदेशको ९ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६३ हजार ६३० हेक्टर क्षेत्रफल वन अन्तर्गत पर्दछ।
अहिलेसम्म प्रदेशको २४ भन्दा बढी ठाउँमा आगलागी भएको पाइएको छ । जसले २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा करौडौ वन सम्पदाको नोक्सान भएको छ भने हजारौँ चराहरू र वन्यजन्तु नष्ट भएका छन्।
यत्रतत्र भएको आगलागीलाई बनका कर्मचारीहरूको सक्रियतापूर्वक बस्ती तथा वन पैदावार सम्पदाहरू जोगाएता पनि मौसम प्रतिकुलताले आगलागी नियन्त्रण भन्दा बाहिर गएको महोत्तरी जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले बताए। तर, सीमित स्रोत साधनको यथेष्ट प्रयोग वाट आफूहरू वन जोगाउन निरन्तर लागेको उन्को भनाई छ।
बिहीबार देखि धनुषाधाम स्थित संरक्षित वनमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा नआउँदै महोत्तरीको लक्ष्मीनियामा पनि लागेको आगलागी २८ घण्टापछि नियन्त्रणमा आएको छ।
यो ठाउँमा वन्यजन्तु तथा चराचुरुङ्गीहरूमा ठुलो असर परेको र कयौँ वन्यजन्तु तथा चराचुरुङ्गी विस्थापन समेत वनेको कर्मचारीहरू बताउँछन्।
बर्दिबास, गौशाला र रामगोपालपुर नगरपालिकाबाट वारुणयन्त्र तथा जेसिविको प्रयोग गरेता पनि अझै खतरा भन्ने उन्मुलन नभएको स्थानीयहरूको भनाई छ।
आगलागीबाट घाट गद्दी गरेर राखिएको झन्डै १५ लाख बराबरको काठ जलेर नष्ट भएको छ भने कयौँ जीवजन्तु तथा चराचुरुङ्गी जलेर मरेको देखिएका छन्। यसैको परिणामस्वरूप अहिले गाउँमा बाँदर आतङ्क बढेको स्थानीयहरूको गुनासो छ।
तर आगलागीको भयावह अवस्थालाई तत्काल पहलकदमी लिएर वन कार्यालय प्रमुख र वनका कर्मचारीहरूले निर्वाह गरेको भूमिका निक्कै प्रशंसायोग्य भएको स्थानीय योगेन प्रसाद गुप्ताले बताए।
मधेसको कुल वन क्षेत्रफल मध्ये १७ हजार ८ सय ४३ हेक्टर अतिक्रमणमा परेको देखिएको छ भने डढेलोको कारण जैविक विविधता र पारिस्थितिक प्रणालीमा गम्भीर असर देखा परेको जानकारहरूको निष्कर्ष छ।
अझ डढेलोको कारण नाङ्गो भएको जङ्गलमा अतिक्रमण गरेर घर टहरा समेत निर्माण गरिएका छन्। भू-माफियाको चलखेल र जङ्गल क्षेत्र निशानामा पर्दा विशेष गरी महोत्तरीको उत्तरी क्षेत्रको चुरे जङ्गल नासिँदै र मासिँदै आएको स्थानीयहरू बताउँछन्।
मधेसको चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी, ३७९ प्रकारका चराचुरुङ्गी पाइने एक तथ्याङ्कले देखाएको छ तर वनमा दिनहुँ डढेलो बढ्दै जाँदा यिनीहरूको अस्तित्वमा गम्भीर चुनौती खडा भएको छ।
अस्टिन र वेसिंगरले सन् १९५५ र डायरनेस समेतका अनुसन्धानकर्ताहरूले सन् १९५७ मा गरेको अध्ययनको निष्कर्ष वन डढेलोबाट जमिनको सतहमा रहेका जैविक पदार्थहरू नष्ट हुने हुँदा वर्षा याममा पानीको बहाव तीव्र हुने बताइएको छ।
माटोले पानी सोस्ने क्षमता कम हुने, पानी वाष्पीकरण भई हावामा परिवर्तन हुने गरेको छ। डढेलो कै कारण जमिनको पानी सञ्चिति क्षमतामा कमी आउने अध्ययनको निष्कर्ष छ।
वर्षामा पानी बाढीका रूपमा उर्लेर तल्लो तटीय क्षेत्रमा बग्ने र हिउँदमा नदी र खोलामा पानी सुक्ने अवस्था हुन्छ। त्यसैले हिउँदमा नेपालका पहाडमा लाग्ने डढेलोले वर्षा याममा नेपालको तराई र भारतलाई पोल्छ । डढेलो लाग्दा जल्ने पातपतिङ्गरले वर्षामा पानीको गतिलाई रोक्न र माटोमा पानी छिर्नका लागि मद्दत गर्छ। तर एक पटक डढेलो लाग्यो भने यसको असर १८–१९ वर्षसम्म पर्छ भन्ने वैज्ञानिक अनुसन्धानको निष्कर्ष रहेको छ। तर नेपालमा हरेक वर्ष डढेलो लाग्ने र बाढी कम गर्ने हो भने वन डढेलो नियन्त्रण गर्नुपर्ने अध्ययनले निष्कर्ष निकालेको छ।