Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 2024 - Page 5 of 19 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2024

गृहकार्य पूरा नगरेको भन्दै उर्लाबारीमा विद्यार्थीमाथि निर्घात कुटपिट

गृहकार्य पूरा नगरेको भन्दै उर्लाबारीमा विद्यार्थीमाथि निर्घात कुटपिट

विराटनगर, ११ फागुन - गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ। बुधवार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्। गृहकार्य पूरा नगरेको भन्दै सामाजिक पढाउने शिक्षक केशव भण्डारीले विद्यार्थी अनुकूल श्रेष्ठलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर बनेका श्रेष्ठको जिउमा नीलडाम छ। अनुकूलकी आमा कल्पना श्रेष्ठले आफ्ना छोरालाई शिक्षकले कुटेको र घटनालाई ढाकछोप गर्न दबाब आएको बताइन्। आफ्नो छोरामाथि पटक पटक कुटपिट भए पनि यस्ता शिक्षकलाई कारबाहीको साटो उल्टै विद्यालय प्रशासनले संरक्षण गरेको…
Read More
सरकारले मुआब्जा नदिएको भन्दै सुरु भएको आन्दोलन दोस्रो दिन पनि जारी

सरकारले मुआब्जा नदिएको भन्दै सुरु भएको आन्दोलन दोस्रो दिन पनि जारी

सुरुचि भण्डारी/न्युज कारखाना बारा, ११ फागुन । तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयले गरेको आन्दोलन शुक्रवार पनि जारी छ।  सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटक-पटक अनुरोध गर्दासमेत रकम पाउन नसकेका उनीहरूको कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा सङ्घर्ष समिति बाराको अगुवाइमा बिहीबारबाट आन्दोलन र रिले अनशन सुरु गरिएको थियो।  सरकारको ध्यानाकर्षण गराउँदै चरणबद्ध रूपमा सङ्घर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ सङ्घर्ष समितिले बिहीबार तामागढीमा सडक अवरुद्ध पारेका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत तामागढीबाट हुलाकी सडक प्रवेश गर्ने स्थानमा मुआब्जा नपाएका स्थानीयले यातायातमा अवरोध पुर्‍याएका…
Read More
पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भीड

पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भीड

बेइजिङ, ११ फागुन । अहिलेसम्म चीनले इलेकट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ ।  चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको जस्तो लाग्दैन । मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन् किनभने अब चीनले विश्वका प्रसिद्ध सहरहरू पनि नक्कल गरेर चीनको भूमिमा बनाउन थालेको छ। चीनले पेरिसको यति धेरै नक्कल गरेको छ कि त्यहाँ एफिल टावर पनि बनाएको छ । नेशनल ज्योग्राफिकका अनुसार चीनले तियान्दुचेङमा दोस्रो पेरिस बनाएको छ, यहाँका पसल र सडक पनि पेरिस जस्तै देखिने…
Read More
इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल

इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल

काठमाडौँ, १० फागुन । नेपाली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि सबै पाँच गोल सावित्रा भण्डारी (साम्बा) ले गरेकी थिइन् । योसँगै प्रतियोगितामा कुल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन् ।  पहिलो हाफमा चार गोल गरेकी भण्डारीले दोस्रो हाफको ८०औ मिनेटमा पाँचौँ गोल गरेकी थिइन् । यसअघि पहिलो हाफमा सावित्राले खेलको १४औँ मिनेटमा पहिलो १५औँ मिनेटमा दोस्रो, ३७औँ…
Read More
विराटनगरमा मिटर ब्याजीहरूको आतङ्क, हाई प्रोफाइल मिटरब्याजी विक्रम थापाविरुद्ध परेन उजुरी

विराटनगरमा मिटर ब्याजीहरूको आतङ्क, हाई प्रोफाइल मिटरब्याजी विक्रम थापाविरुद्ध परेन उजुरी

काठमाडौँ, १०​ फागुन । मिटर ब्याजमा लिएको ऋणको कारण विराटनगर-१८ ‘दमादिगी’ का ४८ वर्षीय दिलीप अमात अहिले घरबारविहीन हुने अवस्थामा पुगेका छन्। ‘दमादिगी’ गाउँमा मिटर ब्याज धन्दाको जालो भयावह बनेको हो। दिलीपले विराटनगर-१८ का सुनिल साहसँग चार वर्ष अगाडि १० कट्ठा जग्गा कपली तमसुक बनाएर ६ लाख रुपैयाँ ऋण लिएका थिए। उनले दुई रुपैयाँ ब्याजले साहसँग ऋण लिए। चार वर्षको अवधिमा उनले ३ लाख रुपैयाँ साहलाई बुझाइसके। उता सुनिलले पैसा ढिलो दिएको भन्दै एक वर्ष अगाडि दिलीपको १० कट्ठा खेतीयोग्य जमिन नै बेचिदिए। साहले जग्गा बिक्री गरेको एक वर्षपछि मात्रै दिलीपले पत्तो पाए। आफ्नो खेतमा जाँदा स्थानीय सञ्जय आमतले ‘सुनिसँग मैले…
Read More
हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ ।  ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकको समापन कार्यक्रम चलिरहँदा बिहीबार काँग्रेस नेता तथा वैदिक सनातन हिन्दु राष्ट्र स्थापना अभियानका संयोजक शङ्कर भण्डारीले हिन्दु राष्ट्रसहितको माग गर्दै १ हजार ६१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।  गत सोमबारबाट चलेको महासमिति बैठकमा पहिलो दिनदेखि नै हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका थिए । उक्त अभियानमा सहभागी हुँदै पूर्व महामन्त्री डा.शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । तर, बैठकको समापनका बेला हस्ताक्षर बुझाइए पनि चार दिन चलेको बैठकको एजेन्डाको रूपमा छलफल…
Read More
संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरूले नियमापत्ति गरेका छन् ।  बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल काङ्ग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् । ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम नियमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । त्यस कारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ काँग्रेस सचेतक थिङले भनिन् । सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । 
Read More
अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्। यी तान्जानियाको जङ्गलमा पाइने धेरै खुट्टा भएका कीराहरू वा मिलिपीड्सको प्रजाति हुन्। यो खोज दक्षिण पूर्वी अफ्रिकामा भएको हो। वास्तवमा यहाँ उड्जुङवा पहाडमा अनुसन्धानकर्ताहरू रूख र बेलहरूको वृद्धिको बारेमा जानकारी सङ्कलन गरिरहेका थिए। न्यूयोर्क पोस्टका अनुसार युनिभर्सिटी अफ द सनसाइन कोस्टका प्रोफेसर एन्डी मार्सल भन्छन् कि मिलिपीड्सका टाउकोहरू स्टार वार्स शृङ्खलाका पात्रहरू जस्तै देखिन्छन्। तिनीहरूको लगभग २०० खुट्टाहरू छन् र आकारमा धेरै सेन्टिमिटर लामो छन् भनिन्छ। अफ्रिकामा पाइने…
Read More
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दै छ । यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुदैँछ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको जित हासिल गर्दै महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।  समूह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइन बिचको खेल पनि हुदैँछ ।  यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रूपमा…
Read More
भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्, वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरू बिचको झडपमा एक किसानको मृत्यु भए पछि यो निर्णय लिइएको हो ।  किसान सङ्गठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ। टाउकोमा गहिरो चोट लागेर बल्लो गाउँका चरणजित सिंहका छोरा शुभकरण सिंहको मृत्यु भएको छ भने खनौरी र शम्भु नाकाका दर्जनौँ किसान घाइते भएका छन् । शुभ करण सिंहलाई लगिएको पटियालास्थित अस्पतालका डाक्टरले उनलाई गोली लागेको बताएका छन् । अब पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको…
Read More