health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १० फागुन । नेपाली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ ।
साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि सबै पाँच गोल सावित्रा भण्डारी (साम्बा) ले गरेकी थिइन् । योसँगै प्रतियोगितामा कुल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन् ।
पहिलो हाफमा चार गोल गरेकी भण्डारीले दोस्रो हाफको ८०औ मिनेटमा पाँचौँ गोल गरेकी थिइन् । यसअघि पहिलो हाफमा सावित्राले खेलको १४औँ मिनेटमा पहिलो १५औँ मिनेटमा दोस्रो, ३७औँ मिनेटमा तेस्रो तथा ४४औँ मिनेटमा चौथो गोल गरेकी थिइन् ।
यो नेपालको वाफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हो । यसअघि नेपालले पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरको पराजित गरेको थियो । समूह बी मा २ खेलमा ६ अङ्क हासिल गरेको नेपालले सेमिफाइनलमा आफ्नो स्थान लगभग सुनिश्चित रहेको छ ।
यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रूपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समूह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।
नेपालले समूह चरणको अन्तिम खेल आगामी शनिवार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।