Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भीड - Gyaan Ghar

Gyaan Ghar

Advertisement

पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भीड


बेइजिङ, ११ फागुन । अहिलेसम्म चीनले इलेकट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ । 

चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको जस्तो लाग्दैन । मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन् किनभने अब चीनले विश्वका प्रसिद्ध सहरहरू पनि नक्कल गरेर चीनको भूमिमा बनाउन थालेको छ। चीनले पेरिसको यति धेरै नक्कल गरेको छ कि त्यहाँ एफिल टावर पनि बनाएको छ ।

नेशनल ज्योग्राफिकका अनुसार चीनले तियान्दुचेङमा दोस्रो पेरिस बनाएको छ, यहाँका पसल र सडक पनि पेरिस जस्तै देखिने गरी बनाइएको छ । यो सहर चीनले १० हजार मानिसका लागि बनाएको थियो तर जहाँ सन् २०१३ सम्ममा मात्रै २००० मानिस बस्दै आएका थिए । यति सुन्दर र भव्य बनाए पनि पूरै सहर भने अहिले खाली नै रहेको छ । 

सन् २००७ मा खोलिएको यो सहर निर्माणमा एक अर्ब पाउन्ड खर्च भएको छ । यहाँ एउटा एफिल टावर पनि बनाइएको छ, जसको उचाइ १०७ मिटर छ। जबकि पेरिसको वास्तविक एफिल टावरको उचाइ ३३० मिटर छ।

सीएनएनका अनुसार चीनको पेरिस सहरको जियाङ्सी रोडलाई फ्रान्सेली नाम पनि दिइएको छ, यहाँ युरोपेली डिजाइनका बगैँचा पनि बनाइएको छ । यदि तपाईँ अचानक यो सहरमा पुग्नुभयो भने तपाईँ पेरिसमा आउनु भएको महसुस गर्न सक्नुहुन्छ। यो सहर झेजियाङ प्रान्तमा निकै दुर्गम छ, जसका कारण मानिसहरू यहाँ जान मानिरहेका छैनन् । 

तर, भर्खरै बिहे गर्ने नयाँ जोडीहरू हनिमुनका लागि चीनको पेरिस सहर जान रुचाउँछन्, जसका कारण यो सहर अहिले निकै लोकप्रिय बन्दै गएको छ ।

सन् २०१७ मा यो सहरमा ३० हजार मानिस बसोबास गर्ने दाबी गरिएको थियो, यससँगै अब युरोपेलीहरू पनि यहाँ बस्न चाहन्छन् भन्ने हल्ला पनि चलाइएको थियो तर त्यस्तो केही हुन भने सकिरहेको छैन । तियान्डुचेङमा रहेको एफिल टावरको प्रतिकृति मात्रै होइन, चीनले हङकङको सिमानामा पर्ने दक्षिणी सहर शेन्जेनमा पनि १०८ मिटर अग्लो टावर निर्माण गरेको छ। 

चीनले लन्डनको टावर, पुल र अल्पाइन गाउँहरू पनि बनाएको छ। सिड्नी ओपेरा हाउसको प्रतिलिपि चीनमा पनि उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...