04
Feb
काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’ माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा भएको अन्तरक्रियात्मक कार्यक्रममा थुप्रै डक्टर, मनोचिकित्सक, नेपाल सरकारका प्रतिनिधि, सर्वभाइभरहरुको उपस्थिति रहेको थियो । उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? यही प्रश्नमा, सो कार्यक्रम केन्द्रित रहेको थियो । सर्वभाइभरहरुको तर्फबाट उपाध्यक्ष पूजा कुँवर भन्दै थिइन, ‘थुप्रै परिवारबाट सर्वभाइभरहरु अपहेलित हुनुपरेको छ ।’ समाजभित्रका यथार्थ घटना सुनाउँदै…