Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ?

काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’ 

माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा  भएको अन्तरक्रियात्मक कार्यक्रममा थुप्रै डक्टर, मनोचिकित्सक, नेपाल सरकारका प्रतिनिधि, सर्वभाइभरहरुको उपस्थिति रहेको थियो । उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? यही प्रश्नमा, सो कार्यक्रम केन्द्रित रहेको थियो ।

 

सर्वभाइभरहरुको तर्फबाट उपाध्यक्ष पूजा कुँवर भन्दै थिइन, ‘थुप्रै परिवारबाट सर्वभाइभरहरु अपहेलित हुनुपरेको छ ।’ समाजभित्रका यथार्थ घटना सुनाउँदै उनले भनिन्, ‘केमोथेरोपि चलाई रहेको अवस्थामा पनि भान्साको सबै काम गर्नुपर्ने, घरपरिवारले समयमा अस्पताल नपुराई दिने, बिरामी भनेर अपहेलित गर्ने लगायतका थुप्रै दूव्र्यवहारहरु सहँदै अगाडि बढ्नु परको अवस्था छ ।’ उनले अगाडि भनिन्, ‘त्यस कारण पनि सर्वभाइभरहरुका साथै उनीहरूको परिवारलाई पनि काउन्सीलिंगको आवश्यकता छ ।’ औषधि खरिदको समस्यामा भएको विभेद उजागर गर्दै उनले भनिन्, ‘कतिपय त्यस्ता औषधि छन् जुन औषधि भारतमा ६/७ हजारमा पाइन्छ, त्यही औषधि नेपालमा ६०/ ७० हजार पर्दछ । उनले प्रश्न गरिन् ‘हामी सर्वभाइभरहरुको आवाज राज्यले कहिले सुन्छ ?’ 

अध्यक्षको रूपमा आफ्नो मन्तव्य राख्दै प्रमिता खनालले ‘डाक्टरको उपचारले मात्र क्यान्सर निको नहुने’ बताउँदै भनिन् ‘घरपरिवार, आफन्त, समाज सबैले सर्वभाइभरहरुलाई नैतिक रूपमा पनि सहयोग र समर्थनको आवश्यकता छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.दीपेन्द्र रमन सिंहले उद्घाटन गरेको कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिल विक्रम कार्की, सार्क फेडेरेशन अफ अन्कोलोजिष्टका अध्यक्ष डा. विवेक आचार्य, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पिया, औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, सिनियर कन्सल्टेन्ट सर्किकल डा. प्रकाशराज न्यौपाने, सिनियर कन्सल्टेन्ट रेडिएसन विशेषज्ञ डा. गिसुपनिख पासिको, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.सरोज प्रसाद ओझा,  कन्सल्टेन्ट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीको आतिथ्य रहेको थियो । 

cose the care gap नारा रहेको विश्व क्यान्सर दिवसको सो कार्यक्रमको सहजीकरण लायन टिर्जा ढकालले गरेकी थिइन भने स्वागत मन्तव्य निकासकी बोर्ड सदस्य सुस्मीता पोख्रेलले राखेकी थिइन् । कोषाध्यक्ष बिनु के.सी.ले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको समापन गरेकी थिइन् । 

स्मरण रहोस्, अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण सङ्घ(uicc)को नेतृत्वमा सन् २००० देखि नै विश्वव्यापी चेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सर योद्धाहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य दिनको रूपमा मनाउँदै आएका छन्  । सामाजिक, लैङ्कि, जातीय, भौगोलिक, अपाङ्गता लगायतका कारणले क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध यस वर्षको क्यान्सर दिवस लक्षित थियो । यस प्रकारको महत्त्वपूर्ण कार्यक्रममा पहिलो पटक निकासले सम्पूर्ण डक्टर, नेपाल सरकारका प्रतिनिधि र  सर्वभाइभरहरुलाई एउटै मञ्चमा ल्याएर महत्त्वपूर्ण विषयमा छलफल गराउनुलाई उपलब्धिमूलक रहेको बुझाई छ । 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...