health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

मुकेश कुमार यादव/न्युज कारखाना
सिराहा, १९ माघ । सिराहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिब, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।
एक वर्षअघि खरिद गरी राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ।
कुनै न कुनै बहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिबको बस्तीमा पुगेका छन्। दलित गरिबहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन्।
लहान नगरपालिका-१७ बलानसेरकी ४५ वर्षीय फुलवा सदका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकांश कम्बल भ्वाङ परेका छन्। उनी भन्छिन्, ‘हामी दलितहरू कहिलेसम्म यसरी जनप्रतिनिधिबाट अपहेलित भएर बस्नु? यो कम्बल चिसो छल्न दिएको हो कि खुट्टा पुछ्न ? च्यातिएको कम्बलले पनि चिसो छल्न सकिन्छ ? मेयर साव।’
जाडो बाटा गरिबलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिसन खाने जनप्रतिनिधि र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन्। उनी भन्छन्, ‘हामीलाई जाडो बाट बचाउने भन्दा पनि कमिसन कुम्ल्याउने मेलो देखियो। पातलो र च्यातिएको कम्बलले जाडो जान्छ?’
स्थानीय जनप्रतिनिधि र कर्मचारीले असहाय, गरिब, दलितको नाममा लुट नै मच्चाएको सदायले आरोप लगाएकी छिन्। जनप्रतिनिधिले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर खाने गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘एक त पातलो कम्बल त्यसमा पनि च्यातिएको कम्बलले कति दिन चिसो छल्ने ? यो भन्दा राम्रो त नदिए कै जाती हुन्थ्यो।’
वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलित, गरिब, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए। वितरण गरिएका अधिकांश च्यातिएको कम्बल रहेको नाम नबताउने सर्तमा एक जना कर्मचारीले नै जानकारी दिए। उनले भने, ‘अहिले वितरण गरेको कम्बल गत आर्थिक वर्षको असार मसान्तमा मेयर चौधरीको ठाडो आदेशमा विपद् व्यवस्थापन अन्तर्गतको बजेटबाट हतार–हतारमा गोप्य सूचना जारी गरी खरिद गरिएको थियो। त्यस वेला करिब एक हजारका दरले खरिद गरिएको एक हजार थान कम्बल अहिले वितरण भइरहेको ती कर्मचारीले जानकारी दिए।
यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन गरे पनि उनको फोन स्विच अफ रहेको थियो। १७ नम्बर वडाका वडा अध्यक्ष प्रथम लाल चौधरीसँग प्रतिक्रियाका लागी सम्पर्क गर्दा उनीसँग पनि सम्पर्क हुन सकेन।
लहान नगरपालिका जिन्सी शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिब १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रक्रियाबाट कुन फर्मले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भने उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गराउन असमर्थ रहेको बताए। उनले भने, ‘म अहिले बाहिर छु, तपाई अफिस आउनुस्, सूचना माग गर्नुहोला हामी सूचना दिउला। अहिले फोनमा दिन मिल्दैन।’
त्यही कुरा हुँदै गर्दा उनले फोनमै पालिका तिरै आउनुस् यतै बसेर मिलाउला भन्दै प्रलोभन समेत दिन खोजेका थिए।
स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठुलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैविक प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको जानकारहरू बत्ताउँछन्।