Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
February 2024 - Page 15 of 19 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2024

कलङ्की नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

कलङ्की नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

काठमाडौँ, २४ माघ । नापी कार्यालय, कलङ्कीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधवार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो।  चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै उनीहरूले घुस लिएका थिए।
Read More
गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ओली सरकारले गरेको निर्णय सर्वोच्चद्वारा बदर

गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ओली सरकारले गरेको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ, २४ माघ । गिरीबन्धु टी स्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । गिरिबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको थियो ।  उक्त निर्णय खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारती समेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग)…
Read More
हार्दिक श्रद्धाञ्जली साइला बाउजु !

हार्दिक श्रद्धाञ्जली साइला बाउजु !

वाशिष्ठ लेख्न प कताबाट सुरुगर्ने होला मन डल्लो परेको छ । भाव नै फुर्दैन । अइल्याको सामाजिक सञ्जाल र सूचनाप्रविधिले सात समुन्द्रपारीको अमेरिकाकन गाउँ बनायो । नेपालमा आफन्त खेर गएपछि तौलाला मान्ठ अमेरिका भयाका उइताइ जेटमनि आउन्नार न्याँ दाहसंस्कारमा सामेल हुँदा । अस्ति एक प्राध्यापकको देहावसान भयोर सन्तान आउनाकन तीन दिन कुर्नु पड्यो । मेरा पनि हिजोसाँझ १० बजे राती कैलीली टीकापुरबाट एकाएक बहिनीको फोन आयो उसले सोझै खबर कहिल्यै गर्दिन के के भूमिका बाध्न लागेपछि के प अनिष्ट भयो भन्ने चाल त पाईहाँले । घर कहिले आउँने हो आउँने भन्ने थियो त आउनु पर्ने भयो भनेपछि केहि त अनिष्ट…
Read More
६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

काठमाडौँ, २४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो। रोकाविरुद्ध फेब्रुअरी ५ तारिखमा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन। तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न भने थाल्छ। डिफ्युजन नोटिस इन्टरपोलसँग आबद्ध राष्ट्रहरूबिच फरार प्रतिवादीलाई पक्राउको लागि समन्वय गर्ने एउटा माध्यम भने हो।…
Read More
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

काठमाडौँ, २४ माघ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकले  उक्त  विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफावार छलफल भएको थियो । गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अङ्ग बनाएको छ ।  
Read More
अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ, विदेश मन्त्रीले दिइन बधाई

अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ, विदेश मन्त्रीले दिइन बधाई

पर्थ, २४ माघ । अस्ट्रेलियाको संसद्मा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनीयताका  शपथ लिएका छन् ।  गीतामा हात राखेर अस्ट्रेलियामा पद तथा गोपनीयताको शपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।  अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भगवद गीताको शपथ लिने पहिलो अस्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाईँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाईँ निश्चित हुनुपर्दछ…
Read More
उपल्लो डोल्पा, सम्भावना भएर पनि पछि पारिएको क्षेत्र

उपल्लो डोल्पा, सम्भावना भएर पनि पछि पारिएको क्षेत्र

हेमन्त केसीसुर्खेत , २३ माघ ः उपल्लो डोल्पामा सङ्घीय संरचनामा देश नजाँदै खासै चर्चामा आउने गरेको थिएन । माथिल्लो भेग भएकाले चीनको सिमानासँगै भाषागत समस्याले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरू सबैसँग मिल्ने अवस्था थिएन । सङ्घीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोडने काम गरेको छ । फोन सेवा, इन्टरनेट , सडक निर्माण ,खानेपानी , सौर्य मिनिग्रेट विद्युत् उत्पादन शिक्षालाई महत्त्व दिँदा अहिले उपल्लो डोल्पा राज्यको नीति निर्माण तहमा बस्नेसँग प्रश्न गर्ने हैसियत बनाएको छ । डोल्पो बुद्ध गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिकाको सिमाना ‘सिमेन’ देखि गाउँपालिका केन्द्र साल्दाङ सम्म एक खण्ड र साल्दाङ देखि काराङ गाउँसम्मको अर्को…
Read More
माल्दिभ्सका राष्ट्रपतिले संसदलाइ जानकारी दिँदै भने, ‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्’

माल्दिभ्सका राष्ट्रपतिले संसदलाइ जानकारी दिँदै भने, ‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्’

माले, २४ माघ । मालदिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन् । राष्ट्रपति चुनाव जिते पछि पहिलो पटक राष्ट्रपति मोहम्मद मुइज्जुले संसद्मा भाषण दिँदै सो जानकारी गराएका हुन । उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा मालदिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्‍याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिनेसमेत बताएका छन् । सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र मालदिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमतिसमेत गरेका छन्। उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने…
Read More
एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ, २३ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको छनौट गरेको छ । क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको मङ्गलवार घोषणा गरेको हो । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पूजा महतो, सङ्गीता राई, अप्सरा बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् । त्यसै गरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा…
Read More