health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

माले, २४ माघ । मालदिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन् ।
राष्ट्रपति चुनाव जिते पछि पहिलो पटक राष्ट्रपति मोहम्मद मुइज्जुले संसद्मा भाषण दिँदै सो जानकारी गराएका हुन ।
उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा मालदिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिनेसमेत बताएका छन् ।
सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र मालदिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमतिसमेत गरेका छन्। उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने उनी बाँकी २ प्लेटफर्मबाट मे १० सम्म भारतीय सैनिक फिर्ता हुनेछन् ।