17
Feb
डा चूडाप्रसाद ढकाल जीवन एक अद्भुत यात्रा हो, जसमा हरेक कदम सँगै नयाँ अनुभव र सिकाइहरू जोडिन्छन्। यस लेख मार्फत, मैले मेरो उमेरसँगै विश्वमा के कस्ता परिवर्तनहरू भए, तिनको बारेमा चर्चा गर्दै तिनले हाम्रो जीवनमा के कस्तो अर्थ राख्छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास गरेको छु। मेरो जीवन यात्रा सुरु भएको छ दशक अगाडि, संसार परमाणु युद्धको अत्यन्तै नजिक थियो। क्युबाको मिसाइल सङ्कटले विश्वलाई एक नयाँ तरिकाले हेर्न प्रेरित गर्यो, जसले राष्ट्र-राष्ट्रहरू बिचको सम्बन्धलाई परिवर्तन गर्दै अगाडि बढायो। त्यो डरले भरिएको समयबाट सुरु भएको हाम्रो यात्राले केवल राजनीतिक उतारचढाव मात्र अनुभव गरेन बरु यसले हामीलाई नयाँ प्रविधि, सांस्कृतिक र सामाजिक…