Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
समयको यात्रामा व्यक्तिगत चिन्तन: मेरो उमेरसँगै जीवन विकासको एक झलक  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समयको यात्रामा व्यक्तिगत चिन्तन: मेरो उमेरसँगै जीवन विकासको एक झलक 

  • डा चूडाप्रसाद ढकाल 

जीवन एक अद्भुत यात्रा हो, जसमा हरेक कदम सँगै नयाँ अनुभव र सिकाइहरू जोडिन्छन्। यस लेख मार्फत, मैले मेरो उमेरसँगै विश्वमा के कस्ता परिवर्तनहरू भए, तिनको बारेमा चर्चा गर्दै तिनले हाम्रो जीवनमा के कस्तो अर्थ राख्छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास गरेको छु। 

मेरो जीवन यात्रा सुरु भएको छ दशक अगाडि, संसार परमाणु युद्धको अत्यन्तै नजिक थियो। क्युबाको मिसाइल सङ्कटले विश्वलाई एक नयाँ तरिकाले हेर्न प्रेरित गर्‍यो, जसले राष्ट्र-राष्ट्रहरू बिचको सम्बन्धलाई परिवर्तन गर्दै अगाडि बढायो। त्यो डरले भरिएको समयबाट सुरु भएको हाम्रो यात्राले केवल राजनीतिक उतारचढाव मात्र अनुभव गरेन बरु यसले हामीलाई नयाँ प्रविधि, सांस्कृतिक र सामाजिक परिवर्तनहरूका समेत साक्षी बनायो। 

शीत युद्धको समयमा दुई ठुला शक्ति राष्ट्रहरू बिचको प्रतिस्पर्धाले विविध चुनौतीहरूसँगको सङ्घर्षमा परिणत भएसँगै, त्यसले अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ अध्याय सुरु गर्‍यो। यस नयाँ अध्यायले अन्तरिक्ष अन्वेषणको अद्भुत क्षेत्रमा हामीलाई प्रवेश गरायो। त्यस ताकाको जोन ग्लेनको पृथ्वी वरिपरिको यात्राले विश्वलाई चकित पार्‍यो, तर त्यो सुरुवात मात्र थियो। आज हामी मङ्गल ग्रहमा मानव बस्ती बसाउने योजनामा छौँ, जुन कुरा केही दशक अगाडि कल्पना मात्र थियो। 

निजी कम्पनीहरूको सहभागिताले यस क्षेत्रमा नयाँ उत्साह थपेको छ, जसले अन्तरिक्ष यात्रालाई झनै सस्तो र सुलभ बनाएको छ। यस यात्रामा चन्द्रमा र मङ्गल ग्रहमा रोभरहरू पठाइएका छन्, जसले हाम्रो अन्तरिक्ष अन्वेषणको साहस र जिज्ञासालाई नयाँ आयाम दिएको छ। सङ्गीतको क्षेत्रमा भएको परिवर्तन अत्यन्तै चमत्कारिक छ। जसमा बिटल्सले १९६० को दशकमा सङ्गीतमा ल्याएको क्रान्तिले संस्कृतिमा एक नयाँ लहर ल्यायो, जसले युवा पुस्तालाई एक नयाँ दिशामा उन्मुख गरायो। त्यो समयदेखि अहिलेसम्म, सङ्गीत डिजिटल युगमा प्रवेश गरिसकेको छ, र सङ्गीतको उपभोग गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन भएको अवस्था छ। 

अहिले हामी स्ट्रिमिंग सेवाहरू मार्फत सङ्गीत सुन्न सक्छौँ, जसले विश्वभरका कलाकारहरूसँग हामीलाई जोड्ने काम गर्दछ। सङ्गीतले विभिन्न संस्कृति र पुस्ताहरूलाई एक आपसमा जोड्ने शक्तिशाली माध्यमको रूपमा आफ्नो स्थान कायम राखेको छ। सञ्चारको क्षेत्रमा भएको विकासले संसारलाई नजिक ल्याएको छ। ZIP कोडको प्रयोगबाट सुरु भएको यात्रा अहिले इमेल, सोसल मिडिया र इन्स्ट्यान्ट मेसेजिङ्ग सम्म पुगेको छ, जसले हामीलाई विश्वभरि तत्काल सम्पर्कमा रहने क्षमता प्रदान गरेको छ। यो परिवर्तनले जानकारीको आदानप्रदान, सामाजिक सञ्जालमा सहभागिता र विचार विनिमयलाई झनै सहज बनाएको छ। 

 गाडी उद्योगमा पनि धेरै ठुला परिवर्तनहरू आएका छन्। स्टुडेबेकरको बन्द हुनेबाट सुरु भएको यात्राले इलेक्ट्रिक र स्वायत्त गाडीहरूसम्मको लामो यात्रा तय गरेको छ। यसले पर्यावरण प्रति हाम्रो चिन्ता र स्थायी विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रदर्शन गर्दछ। यस क्षेत्रमा भएको नवीनता र प्रविधिको विकासले हाम्रो यात्रा र परिवहनका साधनहरूलाई अझ दक्ष र पर्यावरणीय दृष्टिकोणबाट सान्दर्भिक बनाएको छ। 

राजनीतिक जगत्मा भएको परिवर्तन पनि अनौठो छ। पहिले गोप्य रहने राजनीतिक काण्डहरू अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुन्छन्। यसले राजनीतिज्ञहरूमाथि जबाफदेही र पारदर्शिता ल्याएको छ, जसले जनतालाई अधिकार दिन्छ र सरकारलाई जनताको इच्छा अनुसार काम गर्न प्रेरित गर्दछ। 

नासाको यात्राले हाम्रो अन्तरिक्ष अन्वेषणको साहस र कल्पनाको सीमालाई अझै विस्तार गरेको छ। पहिले चन्द्रमामा मानव अवतरणदेखि अहिलेसम्म मङ्गल ग्रहमा रोभर पठाउने सम्मको यात्राले हाम्रो ज्ञान र प्रविधिमा ठुलो विकास गरेको छ। यसले हामीलाई नयाँ अन्वेषणका लागि प्रेरित गर्दछ र हाम्रो सपनालाई अझ ठुलो बनाउँछ। यसरी यस छ दशकको यात्राले हामीलाई धेरै सिकाएको छ। हामीले विश्वव्यापी सम्बन्ध, अन्तरिक्ष अन्वेषण, सङ्गीत, सञ्चार, गाडी उद्योग, र राजनीतिमा धेरै प्रगति गरेका छौँ। 

यी सबैले हाम्रो साहस र सृजनशीलतालाई दर्साउँछ। यो यात्रा हामीलाई बताउँछ कि मानिसले कसरी आफ्नो सीमा विस्तार गर्न सक्छ र हाम्रो खोजीको साहस कति बलियो छ। यसले हामीलाई नयाँ चुनौतीहरू सामना गर्ने र नयाँ सम्भावनाहरू खोज्ने प्रेरणा दिन्छ। साथै यसले हाम्रो समाज र संस्कृतिमा सकारात्मक परिवर्तनहरू ल्याउने क्षमता राख्छ। तर हाम्रो यात्रा यतिसम्म मात्रै सीमित हुँदैन । बरु यो त अरू नयाँ सपनाहरू र अन्वेषणको सुरुवात मात्र पो हो। अस्तु।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...