Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
February 8, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: February 8, 2024

टीकापुर जग्गा प्रकरणमा २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

टीकापुर जग्गा प्रकरणमा २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ माघ । कैलाली टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा सङ्घ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। अख्तियारले जोशीसहितका व्यक्तिविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। नगर विकास समितिका पदाधिकारी, कर्मचारी तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा त्यसको तहगत सुक्रिबिक्री गर्ने र हाल कायम जग्गाधनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको घिमिरेले बताए। जोशीसँग २ करोड १२ लाख ४०…
Read More
नेपालको राजनीतिक इतिहासको परिचय

नेपालको राजनीतिक इतिहासको परिचय

–डा.चूडाप्रसाद ढकाल नेपालको राजनीतिक इतिहास धनी र विविधतापूर्ण छ, जसले शताब्दीदेखिको राजवंशीय शासन, लोकतान्त्रिक आकाङ्क्षा, र परिवर्तनात्मक आन्दोलनहरूलाई समेट्छ। हिमालयको हृदयमा अवस्थित यो राष्ट्रले एकाधिकारवादबाट लोकतन्त्रतिरको असाधारण यात्रा गरेको छ। विशेष गरी मध्य–२०औँ शताब्दी (१९९० बि.स.) देखि नेपालले महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू अनुभव गरेको छ।यी प्रत्येक चरणहरूले आफ्नै चुनौतीहरू र आधारहरू तयार गर्दै आएका छन्। यो खोजले हामीलाई १९५० को दशकमा राणा वंशको एकाधिकारवादी शासनको अन्त्यबाट विभिन्न शासनका रूपहरूमार्फत समकालीन सङ्घीय संसदीय गणतन्त्रको युगसम्म लैजान्छ। यो अन्वेषण अधिक लचिलोपन, परिवर्तन र लोकतान्त्रिक आदर्शहरूको अटल खोजीको कथा हो। राणा वंशको अन्त्य र लोकतन्त्रको उदय (१९५० को दशक) १९५० को दशक (२००० बि.स.)ले…
Read More
कप्तान रोहितले ४ विकेट लिँदै क्यानडाविरुद्ध नेपाललाई जिताए

कप्तान रोहितले ४ विकेट लिँदै क्यानडाविरुद्ध नेपाललाई जिताए

काठमाडौँ, २५ माघ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अल आउट हुँदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजवंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२…
Read More
पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतङ्कवादी हमला, २८ को मृत्यु

पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतङ्कवादी हमला, २८ को मृत्यु

इस्लामबाद, २५ माघ । पाकिस्तानमा आम निर्वाचन अघि भएको विस्फोटमा परी २८ जनाको मृत्यु भएको छ ।  बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधवार भएको विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन । पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज आम निर्वाचन हुदैँछ । पाकिस्तानले भर्खरै आतङ्कवादमा वृद्धि भएको देखेको छ, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ताहरू बढाउँदै ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी आजको निर्वाचनका लागि खटाइएको छ । पहिलो विस्फोट क्वेटाबाट एक घण्टाको दूरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केही…
Read More
इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा

इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा

काठमाडौँ, २४ माघ । आयोजक कतार एसियन कपको फाइनलमा पुगेको छ । बुधवार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो । कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए । त्यसै गरी इरानका लागि सरदार अजमोउन र अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए । एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिवार खेल्ने छ । योसँगै तीन पटक एसियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ ।  यस अघि जोर्डनले…
Read More
जडीबुटीबाट नै स्वस्थ वनेको महोत्तरीको एउटा गाउँको कथा

जडीबुटीबाट नै स्वस्थ वनेको महोत्तरीको एउटा गाउँको कथा

विशाल बस्नेत/न्युज कारखाना  महोत्तरी, २५ माघ । महोत्तरी बर्दिबास-४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ । रुघाखोकी, प्रेसर, सुगर जस्ता रोगहरू लागेपछि सोलीघोप्टे वरपरको जङ्गलमा गाउँलेहरू जडीबुटीजन्य वनस्पति खोज्न धाउने गरेको पोखरेल अहिले पनि सम्झन्छन् । उनलाई अझै पनि अस्पताल र स्वास्थ्य चौकीको विश्वास नै लाग्दैन, बरु चिकित्सकहरूको लापरबाहीका घटनाहरू र गलत औषधिको प्रयोगले ज्यान गएको समाचार सुन्दा अचम्म लाग्छ । 'यो समाज कता जाँदै छ ? हामी किन हाम्रै घरआगनमा भएका औषधि प्रयोग गर्न हिच्किच्याईरहेका छौ ?' पोखरेल प्रतिप्रश्न गर्छन् । ६० वर्षीय पोखरेल मात्र हैन बर्दिबास-४ कै अर्का स्थानीय टेक बहादुर डीमडम पनि स्थानीय…
Read More
अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

काठमाडौँ, २५ माघ ।  हाम्रो पृथ्वी आफ्नो कक्षमा घुम्छ, जसको कारण दिन र रात हुन्छ। यसले हाम्रो ग्रहमा जीवन फस्टाउन मद्दत गर्दछ। यो परिक्रमाले पृथ्वीको गुरुत्वाकर्षण बललाई पनि असर गर्छ र समुद्री धारादेखि वायुमण्डलीय परिसंचरण ढाँचासम्म सबै कुरालाई आकार दिन्छ।  यदि हाम्रो ग्रह एक सेकेन्डको लागि पनि आफ्नो अक्षमा घुम्न रोक्छ भने के हुन्छ ? यो एक काल्पनिक प्रश्न हो, जसमा वैज्ञानिकहरूले धेरै पटक कुरा गरेका छन्। यसै विषयमा हलिउड फिल्म ‘द कोर’ पनि बनेको छ ।  यदि पृथ्वीको परिक्रमा रोकियो भने यो हाम्रो लागि कत्ति पनि राम्रो हुनेछैन । फिल्म ‘द कोर’ मा पृथ्वीको भित्री भाग अज्ञात बलका कारण…
Read More
जीवी राईका पार्टनर पूर्व डिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

जीवी राईका पार्टनर पूर्व डिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

काठमाडौँ, २५ माघ । नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशङ्कामा प्रहरीले जोशीको घरमा छापा मारेको हो। जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जीवी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो। ‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले भने। जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीको घरसमेत रहेको नेचर हर्बको कार्यालयबाट सर्भरलगायत उठाइदिनका लागि परिसरसँग सहयोग मागेको थियो। यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरुद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी परेको…
Read More