07
Feb
काठमाडौँ, २४ माघ । वैदेशिक रोजगारीका लागि छ्यापछ्याप्ती खुलेका म्यानपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो। पक्राउ पर्नेमा सर्लाही हरिबन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललितपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईँसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख…