Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विमानस्थलमा प्रधानमन्त्रीले भने, 'विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तीय प्रतिबद्धता पूरा गर्नु पर्छ' - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विमानस्थलमा प्रधानमन्त्रीले भने, ‘विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तीय प्रतिबद्धता पूरा गर्नु पर्छ’

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।

 

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज बिहान स्वदेश फर्केका हुन ।

युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।

 

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

 

स्वदेश फर्के लगत्तै प्रधानमन्त्रीले जारी गरेको वक्तव्यको पूर्ण पाठ:

 

 

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १9औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग हुने संवादका लागि तयार गरिएको प्रेस नोट

सञ्चारकर्मी मित्रहरू,

1. असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी म आज स्वदेश फर्किएको छु। मेरो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री माननीय श्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव श्री सेवा लम्साल, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि श्री लोक बहादुर थापा लगायत परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू समावेश हुनुहुन्थ्यो। म यही २०80 माघ 04 गते काठमाडौँबाट युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गरेको कुरा यहाँहरुलार्इ विदितै छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति प्राप्त गर्नु भएकै छ।

 

2. म युगान्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगान्डाका Hon. Esther D. Anyakun, Minister of State for Relief, Disaster Preparedness and Refugees of Uganda, नेपालका परराष्ट्र सचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो।विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ।

 

3. कम्पालामा रहँदा म मिति २०80 माघ 05 गते असंलग्न आन्दोलनको १9औँ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएँ। उद्घाटन समारोहमा आन्दोलनका निवर्तमान अध्यक्ष अजरबैजान, आयोजक राष्ट्रका राष्ट्रपति एवं नवनिर्वाचित अध्यक्ष साथै संयुक्त राष्ट्र सङ्घको महासभाका अध्यक्षले सम्बोधन गर्नु भएको थियो। शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा मैले सम्बोधन गरेँ। मेरो सम्बोधनको पूर्ण पाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फत समेत तत्कालै पाइसक्नुभएको छ।

 

4. यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय “Deepening Cooperation for Shared Global Affluence” राखिएको थियो। यहाँहरूलाई थाहा नै छ, सन् १९५५ मा इन्डोनेसियाको बाङडुङमा सम्पन्न एसिया-अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्धान्तिक र दार्शनिक आधारशिला हुन्।नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो। हामी सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्र मध्ये एक हौँ। स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरी आएको छ। असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यताका रूपमा रही आएका छन्। यसैका आधारमा अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौँ।

 

५. मेरो सम्बोधनमा, करिब सात दशक अगाडि दुर्इ महाशक्तिबिचको असहज शीतयुद्धको माहौलमा एसिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौँ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, ‍औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरालार्इ जोड दिएँ। त्यसै गरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।

 

६. नेपालले  सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दछ। असंलग्न आन्दोलनका सिद्धान्तहरू र यसका मूल्य तथा  मान्यता हाम्रा लागि महत्त्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्धान्त रहेको उल्लेख गर्दै यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्ग निर्देश गरिरहेको स्पष्ट पारेँ। यस आन्दोलनले हामीहरूबिच आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियता मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ।

 

७. कोभिड महामारी पश्चात् आर्थिक पुनरुत्थानले यथोचित गति लिन सकेको छैन। सन् २०१९ मा बाकुमा भएको १८औँ सम्मेलनयता कोभिड-१९ को कारण विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण,  विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नु परेको तथा हाल बढिरहेको भू-राजनीतिक ध्रुवीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशील राष्ट्रहरू थप मारमा परिरहेको विषयमा चिन्ता व्यक्त गरेँ।

 

८.  हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरूको प्राप्ति असम्भव प्रायः देखिएको छ।नेपाल आफै अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहु आयामिक चुनौतीहरूको भुमरीमा परेको छ। अति कम विकसित मुलुकहरुलार्इ विकास साझेदारहरूको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता  र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमति भएका विकासका लक्ष्यहरू समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्धि प्राप्त गर्नका लागि जोड दिनु पर्दछ भन्ने विषय जोडदार रूपमा उठाएको छु।

 

९. त्यसै गरी विश्व आर्थिक तथा वित्तीय संरचनालार्इ विकासोन्मुख मुलुकहरूको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएँ।

१०. विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलार्इ प्रदान गर्ने वित्तीय प्रतिबद्धता पूरा गर्नै पर्दछ। अन्तर्राष्ट्रिय व्यापारमा सबैको पहुँच र सहभागिता सुनिश्चित गरी यसको फाइदा कम विकसित मुलुकहरूले समेत महसुस गर्न पाउनु पर्दछ।यसर्थ संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठुलो प्रतिनिधिमूलक संस्थाका रूपमा असंलग्न आन्दोलनले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाहका लागि अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छु ।
११. यस आन्दोलनको सफलताका लागि आपसी सहकार्य र सहयोगको विकल्प छैन। समृद्धि केही मुलुक तथा वर्गको मात्रै विशेष अधिकार तथा सुविधाको विषय हुन सक्दैन। प्रत्येक व्यक्ति तथा मुलुकले समान रूपमा समृद्धि हासिल गर्नका लागि हामी अग्रसर हुनै पर्दछ भन्ने कुरालार्इ पनि मेरो संवोधनमा उल्लेख गरेको छु।

१२.  शान्तिका दूत गौतम बुद्धले मार्गदर्शन गर्नुभए झैँ नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा अटल विश्वास गर्दछ। त्यसै गरी विविधतामा एकता, वसुधैव कुटुम्वकम (The world is one Family) हाम्रा दैनिक जीवन पद्धतिका रूपमा रही आएका छन्। यी मान्यताहरू हाम्रो सामाजिक-सांस्कृतिक मूल्य मान्यताका रूपमा परापूर्व काल देखि रही आएका छन्।

 

१३.  हिमालयहरू विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो। विश्वका जीवित प्राणीहरूका लागि हिमाल अति महत्पूर्ण छ। पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ। त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको बिषयलार्इ यस अवसरमा दोहोराउँदै हिमालको आवाजलार्इ समर्थन गर्न समेत आव्हान गरेँ।

 

१४. असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनले अन्तिम दस्ताबेज (Final Document),  कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको छ।कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्र सङ्घको सुदृढीकरण, बहुपक्षीयताको प्रवर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण-दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबिच आन्तरिक एकता र सद्‌भाव, ऐक्यबद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता विषयहरूमा जोड दिएको छ।

द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुर्इ ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधीनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रूपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही आशङ्का उत्पन्न भएता पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द्व, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठुलो भूमिका रहेको कुरामा विमति हुन सक्तैन।

 

विश्व व्यवस्थालार्इ न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलार्इ स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको प्रत्याभूति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्त्व हिजो जति थियो आज पनि त्यत्तिकै रहेको छ।

 

१५. शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी  विश्व व्यवस्थालार्इ न्यायोचित,  समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरूको ठुलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनु भयो।सो अवसरमा, युगान्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।

 

१६. आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सम्मानमा आयोजना गर्नु भएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो।

 

यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्य दूतको आयोजनामा त्यहाँ रहेका गैर आवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तर्क्रियाको मौका मिल्यो। नेपालीहरूको लागि युगान्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतीका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरूको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ।

१७. शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलङ्काका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे (H.E. Mr. Ranil Wickremesinghe) सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौँमा सम्पन्न भएको परराष्ट्र मन्त्री स्तरीय नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलार्इ कार्यान्वयन गर्ने बारेमा समेत छलफल भयो। सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलङ्काले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो ।

 

त्यसै गरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगान्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी (H.E. Gen. Yoweri Kaguta Museveni) सँग संक्षिप्त भेट र छलफल भयो।नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर मसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाई दिएँ। सोही अवसरमा भारतका विदेश मन्त्री डा. एस. जयशंकरसँग पनि भेटघाट तथा कुराकानी भयो। हालै, काठमाडौँमा सम्पन्न परराष्ट्र मन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलार्इ कार्यान्वयन गर्ने लगायत नेपाल भारत सम्बन्धलार्इ अझ सुदृढ पार्दै लैजाने विषयमा कुराकानी भयो।

 

१८.   अन्त्यमा, संयुक्त राष्ट्र सङ्घपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका (global south) मुलुकहरूलाई स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र ऐक्यबद्धताको वैकल्पिक मञ्चको रूपमा रही आएको असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपति H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्ष देखी अध्यक्षको हैसियतमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलन बारे समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चार कर्मी मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...