health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

न्युयोर्क, १४ माघ । इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथि आक्रमण गरेको छ ।
अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक ब्रिटिस तेल ट्याङ्करमा आक्रमण गरेपछि प्रक्षेपण गर्न तयार रहेको यमनको हुथी एन्टिशिप मिसाइललाई नष्ट गरेको हो ।
अमेरिकी नौसेनाका अनुसार जनवरी २७ मा लगभग ३ः४५ बजे अमेरिकी केन्द्रीय कमान्ड फोर्सले लाल सागरमा लक्षित हुथी एन्टी–सिप मिसाइल विरुद्ध आक्रमण गर्यो र जुन प्रक्षेपण गर्न तयारी अवस्था थियो।
‘अमेरिकी सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा मिसाइल पहिचान गर्यो, जसले व्यापारिक जहाजहरू र यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरूका लागि आसन्न खतरा प्रस्तुत गर्नेवाला थियो तर अमेरिकी सेनाले पछि आत्मरक्षामा मिसाइल प्रहार गरी नष्ट गरेको छ, यो कार्यले नेभिगेसनको स्वतन्त्रताको रक्षा गर्नेछ भने अमेरिकी नौसेनाका जहाजहरू र व्यापारी जहाजहरूका लागि अन्तर्राष्ट्रिय महासागरका यात्रालाई अझ सुरक्षित बनाउने छ,’ अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा हुथी समूहले नोभेम्बर १९ देखि लाल सागर हुँदै जाने इजरायली, बेलायती र अमेरिकालगायत पश्चिमा देश समर्थित कार्गो जहाजमा ड्रोन र मिसाइलहरू प्रहार गरेर क्षति पुर्याउँदै आएको छ ।
हुथी विद्रोहीले गत शुक्रवार साँझ बेलायती इन्धन ट्याङ्करमा गरेको आक्रमण गरेर क्षति पुर्याएका थिए तर जवाफमा अमेरिकी नौसेनाले प्रक्षेपणका लागि तयारी अवस्थामा हुथीको मिसाइल आक्रमण गरी ध्वस्त बनाएको हो ।
सिंगापुरस्थित ट्राफिगुरा व्यापारिक फर्मको स्वामित्वमा रहेको मार्लिन लुआन्डा क्षतिग्रस्त भएको थियो तर व्यक्तिलाई भने चालक दलका कुनै पनि सदस्यलाई चोटपटक नलागेको जनाउँदै अमेरिकी नौसेनाको जहाज यूएसएस कर्नीले सहयोग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सो जहाज अहिले सुरक्षित बन्दरगाहतर्फ जाँदै छ । ‘हामी पुष्टि गर्न पाउँदा खुसी छौँ कि मार्लिन लुआन्डा बोर्डमा सबै चालक दल सुरक्षित छन् र कार्गो ट्याङ्कमा आगो पूर्ण रूपमा निभाइएको छ। जहाज अब सुरक्षित बन्दरगाह तर्फ जाँदै छ,’ ट्राफिगुराले अपडेट गर्दै भनेको छ ।