Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 2 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने

भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने

चितवन, १६ माघ । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा चीन सरकारको सहयोगमा अस्पताल परिसर भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको लागि काम अगाडि बढेको छ। विश्व मापदण्ड अनुसारको पाँच थैयाको अत्याधुनिक बोनम्यारो प्रत्यारोपणको भवन तथा औजार सहितको परियोजना चालु आर्थिक वर्षभित्रै सुरु हुने पौडेलले जानकारी दिए। ‘क्यान्सर रोगको उपचारको क्षेत्रमा यो परियोजना उत्कृष्ट हुनेछ,’ डा पौडेलले भने, ‘रगतको क्यान्सर भएका बिरामीहरू उपचारको लागि विदेश जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ।’ विश्वमा बोनम्यारो प्रत्यारोपण अत्यन्तै जटिल र महँगो मानिन्छ। अहिले पनि केही ठाउँमा…
Read More
राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ, १६ माघ । राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ।केन्द्रीय बैङ्कले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।  राष्ट्र बैङ्कले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको हो। राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप सङ्कलन मार्फत उक्त रकम तान्न लागेको हो।केन्द्रीय बैङ्कका अनुसार मङ्गलवार उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुनेछ। इच्छुक बैङ्क तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। साँवा र ब्याज भुक्तानी मिति फागुन १ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ।…
Read More
किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

पेरिस, १६ माघ । फ्रान्सेली किसानहरूले मुख्य सहरका राजमार्गहरू अवरुद्ध गरेका छन् ।  मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरूले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अवरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन । केही दिन देखी  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुँदा तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरूले जनाउँदै आएका छन् । सोमबार आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पाइन्टमा अवरुद्ध गरेका थिए । ‘हामीलाई जवाफ चाहिन्छ,’ दक्षिण पश्चिमी लोट एट गारोनकी किसान करिन डकले भनिन् । उनी पेरिसतर्फ जाने…
Read More
आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ, १६ मङ्गलवार। मङ्गलवार देखी देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रवारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय…
Read More
एलन मस्कले गराए मानव मानव मस्तिष्कमा चिप प्रत्यारोपण

एलन मस्कले गराए मानव मानव मस्तिष्कमा चिप प्रत्यारोपण

न्युयोर्क, १६ माघ । पहिलो पटक मानव मस्तिष्कमा चीप हालिएको छ । एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो । संसारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र ट्विटरका मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एक पटक फेरि चर्चामा आएका छन्।  उनको स्टार्टअप  ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मङ्गलवार यो जानकारी दिएका  हुन  । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएको चिप प्रत्यारोपणले सफलता…
Read More
अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने सिवाकोटी पक्राउ

अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने सिवाकोटी पक्राउ

काठमाडौँ, १५ माघ । अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गरेको आरोपमा मिराकल कन्सल्टेन्सीका सञ्चालक रामशरण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको हो। सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ। उनले मासिक २ लाख आम्दानी हुने भन्दै अजरबैजान पठाइदिने बताएका थिए। पैसा बुझेपछि भने उनी भारतको दिल्ली फरार भए। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुलेको छ।
Read More
एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

काठमाडौँ, १५ माघ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौँमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो। यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ।  समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेको छ। समाजवादीले केन्द्रीय पदाधिकारी १९ सदस्यीय हुने जनाएको…
Read More
उतै छुट्यो

उतै छुट्यो

* डा.कौशिला रिसाल अरबौँ पाइला हिँडेका गाउँका साना गोरेटाहरू साँघुरा गल्लीहरू गौँडा, गल्छेँडा र सिँढीहरू नबिर्सँदा नबिर्सँदै बिराना भए मेरो अतीत उतै छुट्यो  यादहरू सँगै छन् । सहर भन्नु रहर रहेछ दिनमा भोक बोकेर रातमा निद्रा पन्छाएर पैसाका लागि समर्पित  मन, मस्तिष्क बोकेर घिर्सिदै छन् दुई खुट्टा छोट्टाएर आयुको नापो मेरो अतीत उतै छुट्यो  यादहरू सँगै छन् । साँढे दुई दशक भएछ भाँचिएको सपना बोकेर शीतल जूनको निम्ति जिन्दगीको रहर हिँडेको  जीवनको मध्ये बिन्दुमा मध्यान्हको घामजस्तै उज्यालो बोकेर ल्याउन नसकेको पुसको चिसोले झैँ घाँटी समाउँछ बिहानीले झकझक्याउँछ साँझले मेरो अतीत उतै छुट्यो यादहरू सँगै छन् ।  मेरी आमाजस्तै एक्लो जीवन…
Read More
कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहु आयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहु आयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।” उनले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए । साधन स्रोतको अभावका बिचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले…
Read More