17
Jan
टोकियो, ३ माघ । जापान विश्वका विकसित देशहरूमा पर्छ। विज्ञानदेखि प्रविधिसम्म धेरै देशहरू जापान भन्दा अगाडि अरू छैनन् भने पनि हुन्छ। जापानको कुल जनसङ्ख्या करिब १२ करोड छ, जसमध्ये करिब एक प्रतिशत अर्थात् लगभग २ लाख मुस्लिम र त्यति नै सङ्ख्यामा इसाई छन् । जापानमा बसोबास गर्ने मुस्लिमहरू आजकल अनौठो समस्याको सामना गरिरहेका छन्। मृत्युपछि शव गाड्न दुई गज जग्गा पनि नभए पछि त्यहाँ अनौठो परम्परा बसेको छ । जापानको ९९ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बीहरूको छ र उनीहरूले बुद्ध वा शिन्तो परम्पराअनुसार शव जलाउँछन्। जसरी हिन्दु धर्ममा हुन्छ । तर इस्लाममा शव जलाउन निषेध गरिएको छ र मृतकलाई…