Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
आइभीएफ प्रविधिबाट वीरगन्जमा उपचाररत महिलाले जन्माइन तिम्ल्याहा बच्चा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

आइभीएफ प्रविधिबाट वीरगन्जमा उपचाररत महिलाले जन्माइन तिम्ल्याहा बच्चा

रौतहट ३ माघ। सूर्य अस्पताल वीरगन्जमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रविधिबाट उपचाररत एक जना महिलाले जन्माइन तिम्ल्याहा बच्चा जन्माएकी छिन्।

 

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी महिलाले दुई दिन अघि तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

 

विवाह पश्चात् १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डाक्टर सरोज सिंहले जानकारी दिएका छन्।

 

तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डाक्टर सिंहले बताएका छन्। तिनै जना शिशु पूर्ण स्वस्थ रहेको छ। थप सावधानीका लागि उनीहरूलाई एनआइसीयू वार्डमा बाल रोग विशेष डाक्टर कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको छ।

 

‘एउटा शिशु साढे दुई किलो, अन्य दुई जना डेढ–डेढ किलोको रहेको डाक्टर सिंहले बताएका छन् । अस्पताल निर्देशक डाक्टर सिंहका अनुसार आमाको स्वास्थ्य पनि राम्रो छ । शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।

 

मधेस प्रदेशमा एक मात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्य अस्पतालमा यसअघि पनि आइभीएफ प्रविधिबाट उपचार गराएका दर्जनौँ दम्पतीहरूले सन्तान प्राप्ति गरेका छन् । पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले दाबी गरेका छन्।

 

भारत बाट विशेष तालिम लिएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। मोनिका यादव सिंहले अस्पतालमा आइभीएफ विधिबाट उपचार गर्ने गरेकी छन् । आइभीएफका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू अस्पतालमै उपलब्ध रहेका छन् भने उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको टोली समेत रहेको छ । त्यस्तै आइभीएफ उपचार गर्नका निमित्त अस्पतालले नेपाल सरकारले सम्पूर्ण मापदण्ड समेत पूरा गरेको छ ।

 

हालसम्म मधेस प्रदेश मात्र नभएर अन्य प्रदेश र छिमेकी मुलुक भारतबाट समेत सेवाग्राहीहरूले आइभीएफ प्रविधिबाट उपचार गराएर सन्तान प्राप्ति गरेको डा. मोनिकाले बताइन ।

 

वीरगन्ज मै आइभीएफ सेवा उपलब्ध भएपछि स्थानीयहरूका साथै छिमेकी जिल्लासँगै सीमावर्ती भारतबाट समेत आउने सेवाग्राहीहरूलाई सहज भएको छ । तुलनात्मक रूपमा देशमा उपलब्ध रहेका अन्य आइभीएफ सेन्टरहरू भन्दा सस्तो दरमा उपचार भएकाले सेवाग्राहीहरू सेवा लिन आउने गरेका छन् ।

 

आइभीएफ विधिबाट जन्मिएको शिशु सामान्य अवस्थामा जन्मिने शिशु जस्तै स्वस्थ हुने र महिलाको स्वास्थ्यमा पनि कुनै असर नपार्ने डाक्टर मोनिकाको दाबी छ  । ‘उनले भनिन आइभीएफ सम्बन्धी धेरै भ्रमहरू पनि छन् । जसलाई चिर्न आवश्यक छ । सामाजिक सञ्जाल र इन्टरनेटमा भनिए जस्तो आइभीएफ एकदमै जटिल र झन्झटिलो प्रक्रिया पनि होइन अन्य उपचार विधि जस्तै हो उनले स्पष्ट पारिन। निसन्तान दम्पतीका लागि आइभीएफ जस्तो सफल उपचार विधि अरू कुनै पनि छैन,’अस्पतालमा आइभीएफ विधिबाट उपचार गराएको सम्पूर्ण दम्पतीले सन्तान प्राप्ति गरेको डा. मोनिकाले दाबी गरिन ।

 

‘हाम्रो सफलता दर पनि झन्डै १०० प्रतिशत पुगेको छ । यसलाई थप प्रभावकारी, परिष्कृत र सस्तो बनाउँदै जाने हामी प्रतिबद्ध छौँ,’ डाक्टर मोनिकाले भनिन ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...