Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
January 15, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 15, 2024

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको हो। अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रति लिटर १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। घटाइएको मूल्य…
Read More
टुँडिखेल भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुग्यो, नामसहित

टुँडिखेल भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुग्यो, नामसहित

काठमाडौँ, १ माघ - टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुगेको छ। माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडमा च्यापिएर घाइते भएका हुन्। घाइते भएका ११ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए। भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भिडभाड बढेको थियो। प्रहरीले यस क्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको छ। भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुङ्गेलले बताए। घाइतेहरूको…
Read More
मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले मेलम्चीको पानी वितरणमा भएका उद्घाटनका विषयमा सङ्घीय सरकारप्रति कटाक्ष गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी वितरणको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरका प्रमुख शाहले व्यङ्ग्य गर्दै आफूहरूसँग भएको एउटा मन पनि कतिपल्ट जित्नुहुन्छ भन्दै प्रधानमन्त्रीप्रति व्यङ्ग्य गरेका हुन् । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले, २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले, २०७९ वैशाख र मङ्सिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले र सोमबार (आज) १ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका शाहले फेसबुकमा लेखेका छन्, ‘हामीसँग भएको एउटा मन कति…
Read More
शिक्षा विधेयक

शिक्षा विधेयक

भीष्म जोशी साथी तिम्रो शिक्षा विधेयक संविधान लाई नै मात दिने खालको छ संविधानले भन्छ अनिवार्य र निःशुल्क शिक्षा तर तिम्रो विधेयकले दुई खाले शिक्षा लाद्दै छ । शिक्षाको हक र सम्पत्तिको हकलाई सँगै कसरी दाँज्न पुग्यौँ साथी कसरी सम्पत्तिको हक मातहत शिक्षाको हक रहन्छ भन्छौ, अहिलेको युगमा मान्छे शिक्षित भएन भने कसरी सम्पत्ति कमाउँछ । हामीले पढेको, जानेको, सुनेको 'शिक्षा धनम सर्वधनम प्रधानम' होइन र साथी । हामीले भन्छौ निःशुल्क र अनिवार्य शिक्षा तिमी भन्दै छौ महँगो र पुजी चलाउने शिक्षा शिक्षा रहर कि बाध्यता, शिक्षा अपरिहार्य कि सोख साथी तिम्रो शिक्षा विधेयक ५२ वर्ष पछि आउँदै छ आफै…
Read More
आज देखि मेलम्चीको पानी काठमाडौँवासी लाई नियमित: प्रधानमन्त्री

आज देखि मेलम्चीको पानी काठमाडौँवासी लाई नियमित: प्रधानमन्त्री

काठमाडौँ, १ माघ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन्।   सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्य योजना बनाई अगाडि बढाइने बताएका हुन्।   कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभास समाधान गर्नुपर्नेमा जोड दिए ।   प्रधानमन्त्रीले भने,  ‘‘काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको…
Read More
आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छ: आईएमएफ प्रमुख

आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छ: आईएमएफ प्रमुख

जेनेभा, १ माघ । आईएमएफका प्रमुखले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन ।   यद्यपि, उनले यो पनि भने कि आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व स्तर बढाउन र विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्न ठुलो अवसर प्रदान गर्ने भने जनाएकी छिन् ।   अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्विट्जरल्याण्डको डाभोसमा वार्षिक विश्व आर्थिक मञ्चमा भाग लिनु अघि वाशिंगटनमा एक अन्तर्वार्तामा भनिन् कि एआईले विकसित देशहरूमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ।   आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उनले विकासोन्मुख देशहरूमा एआईको प्रभाव कम हुने अपेक्षा गरिएको छ । ‘विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारी प्रभावित हुने सम्भावना छ,’ उनले अगाडी…
Read More
साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, अध्यक्षमा पाठक पुनः चयन

साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, अध्यक्षमा पाठक पुनः चयन

काठमाडौँ, १ माघ  । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गरेको छ । थोक कर्जा प्रदायक संस्थाका रूपमा यसले ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरू र समान प्रकृतिका संस्थामार्फत सेवा दिँदै आएको छ । साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत असारमा मर्जरपछिको एकीकृत कारोबार सुरु गरेका थिए । साथै सभाले संस्थाको अध्यक्षमा खेमबहादुर पाठकलाई पुनः चयन गरेको हो । यो संस्थाको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन् । पाठकको नेतृत्वमा सभाले ६ सदस्यीय सञ्चालक…
Read More
दहिचिउरे नीति कि द्वन्द्वात्मक भौतिकवादी स्प्रिट

दहिचिउरे नीति कि द्वन्द्वात्मक भौतिकवादी स्प्रिट

* समीर सिंह  ‘हिजो त्यही कुरा गलत हुने र आज सही’ ‘हिजो चुनाव लड्दिन भन्ने आज चुनावी प्रतिस्पर्धामा आउने’ । यस प्रकारको दोधारे नीति भन्दै कतिपय मिडिया तथा सामाजिक सञ्जाल चलाउनेहरूले राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर के.सी.लाई ‘दहिचिउरे नेता’ पनि भन्न पछि परेनन् । तर एउटा कम्युनिस्ट पार्टीको नेतालाई यस प्रकारको आरोप लगाउनु सही हो त ? विभिन्न मिडिया तथा सामाजिक सञ्जाल चलाउनेहरूले बुझ्नुपर्ने कुरा के हो भने कम्युनिस्ट पार्टीका मानिसहरूले हरेक कुराहरूलाई द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा विश्लेषण गर्दछन् । द्वन्द्वात्मक भौतिकवादको सार के हो भने ‘कुनै कुरा हो पनि होइन पनि’ । अर्थात् कुनै कुरा कुनै सन्दर्भमा ठिक हुन्छ, फरक…
Read More
आफ्नो प्रेमीका बच्चालाई स्क्रू र ब्याट्री खुवाएर हत्या गरिएको घटनाले अमेरिकामा सनसनी

आफ्नो प्रेमीका बच्चालाई स्क्रू र ब्याट्री खुवाएर हत्या गरिएको घटनाले अमेरिकामा सनसनी

न्युयाेर्क १ माघ । अमेरिकी राज्य पेन्सिलभेनियामा एक महिलाले आफ्नो प्रेमीकी छोरीलाई ब्याट्री, स्क्रू र नेल पालिस रिमूभर खुवाएर हत्या गरेको आरोप लागेको छ ।   न्यूयोर्क पोस्टका अनुसार एलिसिया ओवेन्सलाई गत वर्ष जुनमा आइरिस रिटा अल्फेराको सन्दिग्ध हत्याको आरोपमा गत बिहीबार मात्रै पक्राउ गरिएको थियो। पोस्टमार्टमले बालिकाको मृत्यु रगतमा एसिटोनको घातक स्तरका कारण भएको खुलासा गरे पछि एलिसियाको गिरफ्तारी भएको हो।   समाचार अनुसार हत्या गर्नुअघि २० बर्सिया महिलाले बच्चामा कुन–कुन वस्तुले हानिकारक प्रभाव पार्न सक्छ भन्ने विषयमा अनुसन्धान गरेकी थिइन । पेन्सिलभेनियाका महान्यायाधिवक्ता मिशेल हेनरीले भने, ‘यस मुद्दाको विवरण हृदय विदारक छ। पूर्ण रूपमा असहाय बच्चालाई हानि पुर्‍याउन कसैले…
Read More
मालदिभ्सका राष्ट्रपतिले भारतलाई भने, ‘१५ मार्चसम्म आफ्ना सेना फिर्ता लैजानु’

मालदिभ्सका राष्ट्रपतिले भारतलाई भने, ‘१५ मार्चसम्म आफ्ना सेना फिर्ता लैजानु’

माले, १ माघ । मालदिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई मार्च १५, २०२४ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन् ।   भारतीय सेना फिर्ता गर्ने विषयमा औपचारिक वार्ता सुरु हिजोबाट त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।   भारत र मालदिभ्स बिच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुकाे यो भनाइ आएको हो ।   राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।   बैठकमा मालदिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर,…
Read More