Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114
January 9, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 9, 2024

प्रलेसले अन्तर्राष्ट्रिय कविता महोत्सव गर्ने

प्रलेसले अन्तर्राष्ट्रिय कविता महोत्सव गर्ने

काठमाडौँ, पौष २४ । प्रगतिशील लेखक सङ्घले इलामको पर्यटकीय क्षेत्र, श्रीअन्तुमा अन्तर्राष्ट्रिय कविता महोत्सव गर्ने सङ्घका महासचिव डा.देवी दुलाल द्वारा जारी प्रेस वक्तव्यमा जानकारी जनाइएको छ । सङ्घको राष्ट्रिय परिषद् बैठक समेत गर्ने गरी नेपालको पर्यटकीय क्षेत्र इलाममा सो कार्यक्रम गर्ने तयारी गरिएको वक्तव्यमा उल्लेख छ । सङ्घको पौष २४ गते काठमाडौँको बागबजारस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा बसेको सचिवालय बैठकले नेपाल, भारत, बङ्गलादेश, भुटान लगायत विभिन्न देशका लेखक तथा कविहरूलाई बोलाएर कार्यक्रमलाई ऐतिहासिक रूप दिने वक्तव्यमा उल्लेख छ । ऐतिहासिक महोत्सवलाई सफल पार्न अहिलेदेखि नै प्रचार प्रसार तथा व्यवस्थापनको तयारीमा लागिएको महासचिव डा.दुलालले ज्ञानघरलाई बताए । कविता महोत्सवको…
Read More
कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली चलचित्र ‘भूठान’मा अभिनय गर्ने

कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली चलचित्र ‘भूठान’मा अभिनय गर्ने

काठमाडौँ, २४ पुस । विनोद पौडेलको निर्देशन रहने नेपाली चलचित्र ‘भूठान’मा  अमेरिकी अभिनेता ब्रुस डेर्नले पनि अभिनय गर्ने भएका छन् । ८५ वर्ष छेउछाउका बु्रसले सन् २०१३ मा रिलिज भएको ‘नेब्रास्का’बाट युरोपको सर्वाधिक प्रतिष्ठित फेस्टिभल कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसै गरी उनले सन् १९८३ मा रिलिज भएको ‘द्याट च्याम्पियनसिप सिजन’बाट बर्लिनमा सिल्भर बियर अवार्ड जितेका थिए ।   गोल्डेन ग्लोबदेखि ओस्कार अवार्डसम्ममा मनोनयनमा परेका ब्रुसले यही महिना ‘भूठान’को सेट ज्वाइन गर्नेछन् । चलचित्रको सुटिङ सोमबारबाट अमेरिकाको ओहायो राज्यको एक्रोनमा सुरु भएको छ । १ महिना सुटिङ अवधि रहेको चलचित्रका लागि हरिवंश आचार्य र दयाहाङ राई यसअघि…
Read More
अत्यधिक चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द

अत्यधिक चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द

मुकेश कुमार यादव/न्युज कारखाना सिराहा, २४ पुस । सिराहामा लगातार चिसो बढ्न थालेपछि पालिकाहरूले सामुदायिक विद्यालयहरू धमाधम बन्द गर्न  थालेका छान्। शितलहर तथा चिसोका कारण विद्यार्थीको  स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको गर्ने सूचना जारी गर्न थालेका हुन्। सिराहाको गोलबजार नगरपालिकाले आज मङ्गलवार सूचना जारी गर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचना जारी गरेको शिक्षा शाखा अधिकृत सुबोध कुमार लामा जनाएको छ। शिक्षा शाखा अधिकृत  लामाले माघ २ गते मात्र विद्यालय खुल्ने जनाएको छ। चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँ पालिकाले पनि आजबाट लागू हुने…
Read More
नेपाली यू-१९ टिमको स्कटल्यान्डमाथि फराकिलो जित

नेपाली यू-१९ टिमको स्कटल्यान्डमाथि फराकिलो जित

काठमाडौँ, २४ पुस । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको हो । नेपालले दिएको २८५ रनको लक्ष्य पछाएको स्कटल्यान्ड ४३.२ ओभरमा अल आउट हुँदै १४९ मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए । यस अघि नेपाल यू- १९ टिमले पहिला ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको छ । नेपालका लागि गुलशन झाले ११४ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै दीपक बोहराले नट आउट ५८ रन बनाएका…
Read More
पुनर्जन्म हुने भन्दै श्रीलङ्कामा आत्महत्या गर्न लगाइएको घटना खुलासा, ७ को शव फेला

पुनर्जन्म हुने भन्दै श्रीलङ्कामा आत्महत्या गर्न लगाइएको घटना खुलासा, ७ को शव फेला

कोलम्बो, २४ पुस । श्रीलङ्काबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ ।   पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मङ्गलवार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ ।   प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैले ४७ वर्षीय बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेमाथि विश्वास गरेको पत्ता लागेको थियो । उनले नै दुवैलाई आत्महत्या गर्न प्रेरित गरेपछि दुवैले विष सेवन गरी आत्महत्या गरेका थिए ।   तर, प्रहरीले थप अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सिआइडीलाई दिएको छ । अपराध…
Read More
भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ

भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ

विशाल बस्नेत/न्युज कारखाना  महोत्तरी, २३ पुस । महोत्तरी बर्दिबास-२ का अमृत आले पढ्न जान्दैनन् तर लालपुर्जामा टाँसेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दङ्ग देखिन्छन् । उनको खुसी अनुहारमा छल्किरहेको छ ।   नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चैँ थाहा छ ।   नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरि कहाँ बस्ने र के खाने ? भन्ने त्राहि-त्राहीमा रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउँदै अनेक सपनाहरू सुनाई रहँदा खुसी…
Read More
चुनाव जिते लगत्तै बंगालादेशी  क्रिकेटर सकिब अल हसनले फ्यानलाई हाने थप्पड

चुनाव जिते लगत्तै बंगालादेशी  क्रिकेटर सकिब अल हसनले फ्यानलाई हाने थप्पड

ढाका, २४ पुस । बङ्गलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झन्डा फहराएका छन् ।   तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बङ्गलादेशमा चुनाव जिते लगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।   भनिएको छ कि शकिब अल हसन आफ्नो निर्वाचन क्षेत्रमा गएका थिए, जहाँ उनका सयौँ फ्यानले उनलाई चारैतिरबाट घेरेका थिए। यसपछि निलो रङ्गको सर्ट लगाएका एक व्यक्तिले उनलाई पछाडिबाट समातेका थिए, त्यसपछि साकिब अल हसन रिसाए र पछाडि फर्किए र कडा थप्पड हाने । यसपछि सबै फ्यान शान्त भए ।…
Read More