Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 5, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 5, 2024

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सर्लाही,२० पुस । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको गोली लागेर एक जना युवाको ज्यान गएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली काँग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।   प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भई नसकेको बताएको छ ।
Read More
एमाले सचिवालय बैठक: ६ जना केन्द्रीय सदस्य मनोनीत

एमाले सचिवालय बैठक: ६ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ, २० पुस । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका नेताहरूसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । महासचिव शङ्कर पोखरेलले बैठक पछि दिएको जानकारी अनुसार बैठकले तुलसीप्रसाद न्यौपाने, राम अवतार यादव, केशवराज पाण्डे, विनोद शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ । मनोनीतमध्ये कार्कीबाहेक प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका एक जनालाई केन्द्रीय सदस्य…
Read More
आजको वामपन्थ-२ राष्ट्रिय गोष्ठीद्वारा पारित प्रस्ताव

आजको वामपन्थ-२ राष्ट्रिय गोष्ठीद्वारा पारित प्रस्ताव

नेपाल अध्ययन केन्द्रद्वारा आयोजित आजको वामपन्थ–२ (पुस १८–१९) राष्ट्रिय गोष्ठीमा उपस्थित हामी सहभागीहरु गत वर्ष सम्पन्न आजको वामपन्थ–१ बाट पारित प्रस्तावहरुलाई स्मरण गर्दै नेपाली समाजको रुपान्तरण तथा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि नेपालका कम्युनिष्ट तथा वामपन्थी आन्दोलनको योगदानको उच्च सम्मान गर्दै निम्न प्रस्ताव पारित गर्दछौं। १. नेपालले सामना गरिरहेको आर्थिक मन्दी तथा त्यसले सृजना गरेको सामाजिक निराशा हामीले अपनाउँदै आएको नवउदारवादी अर्थराजनीतिक प्रणालीकै संकट हो। विद्यमान अर्थराजनीतिक प्रणाली संरचनागत संकटमा छ। यसको समाधान पनि अर्थतन्त्रका मुख्य क्षेत्रहरु कृषि, उद्योग र श्रम, वैदेशिक व्यापार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा रहेका संरचनागत संकटमा हस्तक्षेप गरेर मात्रै हासिल…
Read More
भारतले २० करोड खर्च गर्न पाउने सत्य हो तर सोझै होइनः प्रधानमन्त्री

भारतले २० करोड खर्च गर्न पाउने सत्य हो तर सोझै होइनः प्रधानमन्त्री

काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफू खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन् । राज्य तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च गरिने जानकारी दिएका हुन । ‘३ करोडबाट सुरु भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन , प्रक्रिया छ, नगरपालिकाबाट गर्ने हो,’ उनले बैठकमा हिजो भएको सम्झौताका बारेमा प्रस्टीकरण दिँदै भने, ‘तर तपाइले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन थप काम गर्न सकिनेछ ।’ नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सोझै…
Read More
तराई मधेसमा स्वयंवर (वरमाला) संस्कृतिकी विकृति

तराई मधेसमा स्वयंवर (वरमाला) संस्कृतिकी विकृति

सञ्जय मिश्रा रौतहट २० पुस । स्वयंवर (वरमाला) को चलन एउटा हिन्दु परम्परा हो, जसमा कन्या स्वयंले आफ्नो पती वर चुन्ने गर्दथिन् अनि त्यसैका साथ उसको विवाह हुने गर्दथ्यो ।   दमयन्तीको  स्वयंवरको  दृश्यको चित्रण यो कुराको प्रमाण छ कि वैदिक कालमा यो प्रथा समाजको चार वटै वर्णमा प्रचलित विवाहको प्रारूप थियो। रामायण र महाभारत कालमा पनि यो प्रथा राजन्य उच्च वर्गमा प्रचलित थियो। तर, यसको स्वरूप केही यस प्रकारले सङ्कुचित भएको थियो। राजन्य अर्थात् राज परिवारसँग आबद्ध कन्या पति चुन्ने काम स्वयंवरमा गर्थिन तर समाजद्वारा मान्यता प्रदान गर्नको निमित्त। कन्यालाई आफ्नो लागि स्वयं पति छान्ने स्वतन्त्रता थिएन। बुबाको सर्त…
Read More
विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो ः मसाल

विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो ः मसाल

काठमाडौँ, पौष २० ।   भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौताको सर्वत्र विरोध भइरहेको छ । सो सम्झौताबाट देशको राष्ट्रियता, अखण्डता तथा सार्वभौमिकतामाथि नै आँच पुग्ने भन्दै विरोधको आवाजहरू उठिरहेको छ । यसै सन्दर्भमा नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीले सो सम्झौताको भर्त्सना गर्दै एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ - नेपाल–भारत बिच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनका लागि भएको सहमतिमा  भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने उल्लेख छ । त्यसबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको छ । नेपाल…
Read More
खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न विज्ञापन

खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न विज्ञापन

काठमाडौँ, २० पुस । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ।   त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।   यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गर्नुभएको  थियो।   त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरि रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।   आज प्रकाशित सूचना अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये…
Read More
नेपालमै सस्तो अल्ट्रा नेपाल इको प्यानलको उत्पादन सुरु

नेपालमै सस्तो अल्ट्रा नेपाल इको प्यानलको उत्पादन सुरु

भक्तपुर, २० भदौ । लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ ।   यही कारण सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा यसलाई प्रयागे गर्न सकिने भएको छ ।   दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो । इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरी सस्तो प्यानलको उत्पादन थालेको हो ।   यो प्यानल तुलनात्मक रूपमा कम मूल्यको छ । यसअघि यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिन्थ्यो । यही कारण यो महँगो थियो । अहिले क्याल्सियम सिलिकेट…
Read More
यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौँ, २० पुस । नेपालले दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप क्रिकेटमा भाग लिने टिमको घोषणा गरेको छ ।   नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो । नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर् गुलशन झालाई पनि समावेश गरिएको छ ।   गुलशन झाले यसअघि यू-१९ एसिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।   नेपाली टिममा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिनेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा,…
Read More