26
Dec
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले महान् सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएकाले चीन साम्राज्यवादी मुलुक बनेको धारणा राख्नुभएको छ । नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० पुस १० गते मङ्गलवार तदनुसार डिसेम्बर २६, २०२३ का दिन सम्पन्न एक सय एकतिसौँ जन्म जयन्ती समारोहमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । अध्यक्ष केसीले भन्नुभयो– ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए चीन वैज्ञानिक समाजवादी देश हुने थियो । त्यो क्रान्ति असफल भएकाले अर्थात् चीनमा पुँजीवादको पुरस्थापना भएकाले त्यहाँ साम्राज्यवादी व्यवस्थाको स्थापना भएको हो ।’ उहाँले चीन समाजवादी देश नभएको ठोकुवा गर्दै उक्त देश साम्राज्यवादी…