25
Dec
काठमाडौँ, ९ पुस । धनगढी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । यस सिजनको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुट आउटमा पोखरा ठण्डर्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि यस खेलमा अतिरिक्त ३० मिनेटमा थप १-१ गोल भएपछि २-२ गोलको बराबरीमा खेल सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो । पोखरा ठण्डर्सले अतिरिक्त समयको पहिलो हाफको १०औँ मिनेटमा स्टेफेन कोजोको गोलमा अग्रता लिए पनि खेलको १२०औँ मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल २-२ को बराबरी गरेका…