Gyaan Ghar

Advertisement

Day: September 24, 2023

कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

 काठमाडौँ । ‘नेपालमा मार्क्सवादका आधारमा जीवन दर्शन निर्धारण गर्दा ब्रम्हाणवाद सँग सङ्घर्ष गर्नु परेको’  माओवादी केन्द्रका नेता राम कार्कीले बताउनु भयो– ‘ब्रम्हाणवादको सिकार, नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्‍यो । त्यही संस्कारको आधारमा विभिन्न कम्युनिस्ट नेताहरूमाथि आक्रमण सुरु भयो । ब्रम्हाणवादको संस्कृति हाबी हुँदै जाँदा यस प्रकारको स्थिति सिर्जना भएको हो ।’ ज्ञानशाला अनुसन्धान केन्द्रले नयाँबजारस्थित आफ्नो कार्यालयमा आश्विन ७ गतेका दिन मार्क्सवाद र जीवन दर्शन विषयक अन्तरक्रिया कार्यक्रममा नेता कार्कीले ‘बाम्हाणवादले जनसङ्ख्याको ठुलो हिस्सालाई अछुत बनायो । तर त्यसरी त्यो बनाउने वालाको पनि अमानवीय करण भएको’ बताउनु भयो ।  ‘मार्क्सवादमाथि धेरै बहस र प्रश्न उठेपछि नै मार्क्सवादको अझ वैज्ञानिक रूपले…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई अपराह्न ४ बजे हुने सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबिच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । उक्त समिटको कार्यक्रमलाई…
Read More
प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

- मातृका पोखरेल ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । यस क्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ । २०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो  । सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको यो आँकडाले अब हामी सूचना…
Read More
देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

काठमाडौँ : ‘शिक्षालाई स्थानीय निकाय तथा प्रदेशको अधीनमा राख्ने हो भने अबको केही दिनमा देशले लम्पट झोले बाहेक एउटा पनि सभ्य नागरिक उत्पादन गर्न नसक्ने’ संविधानविद् भीमार्जुन आचार्यले बताउनुभयो । प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले ‘त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त पारिएको छ । त्यस्तै देशलाई शिक्षाको माध्यमबाट ध्वस्त पारिन लागिएको’  बताउनु भयो ।  ‘हरेक स्थानीय निकायमा अलग अलग पार्टीको सरकार छ । ती निकायहरूलाई शिक्षाको स्वरूप निर्धारण गर्न दिने हो भने शिक्षाको पहिचान नै समाप्त हुने’ संविधानविद् आचार्यले भन्नुभयो – ‘युवा र विद्यार्थी, देशको सबैभन्दा ठुलो जनशक्ति हो । तर देशमा भविष्य छैन भन्दै भ्रष्ट राजनीति गर्नेहरू क्रियाशील भएको र शिक्षा प्रणालीलाई पनि…
Read More