23
Jul
आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा 'रानाथारु भाषा व्याकरण र शब्दकोश' प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रा. डा. दुविनन्द ढकालले गर्नुभएको थियो ।उहाँले 'रानाथारु भाषाको व्याकरण र शब्दकोश'ले रानाथारु समुदायको भाषा र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने , लेखनमा शुद्धता र लिपिबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो। विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मातृभाषा,कोष तथा व्याकरण…