Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह   - Gyaan Ghar

Gyaan Ghar

Advertisement

साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह  

असार १३, काठमाडौँ । साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्ने महान् जिम्मेवारी भएको प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले बताउनुभयो । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजित ८०औँ शृङ्खलाको अवसरमा वहाँले सो धारणा राख्नुभएको हो ।
असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रममा साहित्यकार मोहनविक्रम सिंहले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती तानासाही शासनको अन्त्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा राजनीतिक दलका साथै साहित्यकार, बुद्धिजीवीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै वहाँले राजनीतिक रूपले आन्दोलन सञ्चालन गरेर मात्र प्रतिगमनका विरुद्धको आन्दोलन सशक्त रूपले अगाडि बढ्न वा प्रतिगमनमाथि निर्णयात्मक विजय प्राप्त गर्न सम्भव नहुने हुँदा वैचारिक स्तरमा पनि ठुलो अभियान सञ्चालन गर्नुपर्ने र त्यो कार्य लेखक र साहित्यकारहरू अगाडि आएपछि नै पूरा हुन सक्ने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालको समेत सहकार्य रहेको कार्यक्रममा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्धको सङ्घर्षका प्रश्नमा मात्र होइन, समाजलाई दीर्घकालीन प्रकारले रूपान्तरण गर्नका लागि पनि साहित्यकारहरूले उच्च दार्शनिक वा वैचारिक स्तरमा आफूलाई ढाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
साहित्यकार मोहनविक्रमको प्रस्तुतिमा माथि टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा.जीवेन्द्रदेव गिरीले प्रगतिशील साहित्यकारहरूले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभयो । वहाँको टिप्पणी थियो, मोहनविक्रमको कार्यपत्र सूत्रात्मक छ, यस प्रकारको विचारलाई थप लेखन तथा अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।
वैचारिक विमर्श तथा परिसंवाद विभागका संयोजक समीर सिंहको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा सञ्चालन विभागका सदस्य कुशल बोगटी तथा स्वागत अर्का सदस्य डा.कृष्ण सुवेदी भारद्वाजले गर्नुभएको थियो । साहित्यकार मोहनविक्रम सिंहको कार्यपत्र महासचिव पारस ढकालले वाचन गर्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हातर्मछालीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा मातृका पोखरेल, डा.मधुसूदन गिरी, डा.पुष्करराज भट्ट, जगत् वाशिष्ठ, हेमराज आश्रम, गणेशा कार्की, नमुना शर्मा, ईश्वरी शर्मा, वैरागी जेठा लगायत हुनुहुन्थ्यो । त्यसरी उत्पन्न टिप्पणीहरूको अन्तमा साहित्यकार मोहनविक्रम सिंहले जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...