02
Dec
१६ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन् । बुटवलमा आजदेखि सुरु भएको नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले गौतमबद्ध जन्मेको भूमिबाट काँग्रेस बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् । देउवाले भने, ‘अब कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोह अघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे ।