Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 57 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

केपी ओली टी- २० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै

केपी ओली टी- २० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै

मङ्सिर १५ , पोखरा । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदै छ । फाइनलमा मधेस प्रदेश र नेपाल आर्मी आज भिड्दै छन् । पोखरा रंगशालामा हुने यो खेल साढे १२ बजेदेखि शुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जानकारी दिएको छ । विहिबार सम्पन्न सेमिफाइनल खेलमा मधेस प्रदेशले एपीएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार,…
Read More
भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, चिसोका कारण २२ को मृत्यु

भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, चिसोका कारण २२ को मृत्यु

मंसिर १५, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढेको छ । चिसोका कारण हाल सम्म २२ जनाको मृत्यु भएको छ । समयमा नै राहत सामग्री नपुग्दा भूम्प प्रभावित पालमा नै चिसो रात काट्न बाध्य छन् । चिसोको समयमा पालमा रात काट्नुपर्दा रोगी, तथा जेष्ठ नागरिक र महिला तथा बालबालिकाहरु धेरै प्रभावित भएका छन् भने मृत्यु हुने क्रम बढेको छ । हाल सम्म जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । जाजरकोट जिल्ला अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले चिसोको समयमा दीर्घ रोगीहरुलाइ विशेष ख्याल गर्नुपर्ने भएपनि समयमा…
Read More
आजको मौसमः कतै हिमपात, कतै वर्षा हुने

आजको मौसमः कतै हिमपात, कतै वर्षा हुने

काठमाडौं, १५ मंसिर ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भू-भागमा आंशिक…
Read More
इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

जेरूसेलम, १४ मंसिर । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो । सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ कि दुई बन्दुकधारी, एक एफ १६ राइफल र एक ह्यान्डगनसँग जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा आइपुगेका थिए । जहाँ तिनीहरूले नागरिकहरूलाई अन्धाधुन्द गोली हान्न थाले । जसको जवाफी कारबाहीमा आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको इजरायली प्रहरीले जनाएको छ । उनीहरुको कारभित्र गोली र हतियार फेला परेको पनि प्रहरीले जनाएको छ ।
Read More
गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन । अडानी समूहको सेयरमा भारी वृद्धि भएपछि गौतम अडानीको नेटवर्थ ६.५ अर्ब अमेरिकन डलर पुगेको छ । गौतम अडानीको नेटवर्थ बढ्नुको कारण विगत केही दिनमा उनको कम्पनीको शेयरमा भएको वृद्धि हो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ । जसका कारण गौतम अडानी अहिले १९ औं विश्वका धनीको स्थानमा आएका छन् । नोभेम्बर २८ मा अदानी समूहको शेयरको समग्र मार्केट क्याप १.०४ लाख करोड रुपैयाँले बढेर…
Read More
च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

न्युर्योक, १४ मंशिर । ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटी एक वर्षअघि सर्वसाधारणका लागि ल्याइयो। दोस्रो महिनाको अन्त्यसम्ममा १०० मिलियन प्रयोगकर्ताहरूसँग यो सबैभन्दा छिटो बढिरहेको एप बन्यो। आज, यो माइक्रोसफ्टको बिंग खोज, स्काइप र स्न्यापच्याट मार्फत एक अरब भन्दा बढी मानिसहरूलाई उपलब्ध छ । र, यो अनुमान गरिएको छ कि ओपेन आइले वार्षिक राजस्वमा एक अरब अमेरिकी डलर भन्दा बढी सङ्कलन गर्नेछ। हामीले कुनै पनि प्रविधि यति छिटो फैलिएको देखेका छैनौं। धेरैजसो मानिसहरूले वेब प्रयोग गर्न सुरु गर्न लगभग एक दशक लाग्यो। तर यसपटक तयारी पहिलेदेखि नै थियो । नतिजाको रूपमा च्याट जिपीटीको प्रभाव शेक्सपियरको शैलीमा क्यारोलको सेवानिवृत्तिको बारेमा कविताहरू…
Read More
गोठलापानी पुग्यो एमालेको पदयात्रा (फाेटाेफिचर)

गोठलापानी पुग्यो एमालेको पदयात्रा (फाेटाेफिचर)

काठमाडौं, १४ मंसिर ।  आजबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा गोठलापानी बैतडी पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी आज बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो । हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको हो, जुन पुस ५ गते चिवा भञ्ज्याङमा पुगेर समापन हुदैँछ । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।
Read More
इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी

इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी

गाजा, १४ मंसिर । महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दावी गरिएको छ । यो दावी त्यति बेला बाहिर आएको छ, जतिबेला इजरायलले रिहा गरिएको बन्दीहरुले जेलमुक्त भए पछि गरेका हुन । अल जजीराका अनुसार छैटौं कैदी बन्दी स्वैपमा रिहा भएका प्यालेस्टिनी कैदीहरू मध्ये एक रुकाया आम्रोसँग अन्तर्वार्ताको क्रममा यो खुलासा गरेका हुन । जब अब्देल हामिदले सोधेका थिए रिहा गरिएका कैदीहरूले यौन दुर्व्यवहारको धम्कीको सामना गरेका थिए ? जस्तै अन्य पूर्व कैदीहरूले दावी गरेका छन ? जेलमुक्त भएकी अमरोले सकारात्मक जवाफ दिएका छन । ‘हो, तिनीहरूले हामीलाई बनावटी भिडियोहरू देखाउने थिए तर केटीहरूले तिनीहरूलाई हेर्न अस्वीकार गर्थे।’…
Read More
आजको बिदेशी मुद्राको बिनिमय दर, जापानी येन ९ रूपैयाँ पुग्यो

आजको बिदेशी मुद्राको बिनिमय दर, जापानी येन ९ रूपैयाँ पुग्यो

काठमाडौं, १४ मंसिर ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ…
Read More
एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू हुनेछ भने लगभग तीन साताको समय भित्र यसलाइ पुरा गरिनेछ । जसअनुसार बैतडीको झुलाघाटबाट सुरू भएर चिवाभञ्ज्याङसम्म जारी रहनेछ ।
Read More