Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 47 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

देशी विदेशी प्रतिक्रियावादीका षड्यन्त्रबारे मोर्चामा छलफल भयो : माधव नेपाल

देशी विदेशी प्रतिक्रियावादीका षड्यन्त्रबारे मोर्चामा छलफल भयो : माधव नेपाल

काठमाडौँ, ११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा बुनिरहेको षड्यन्त्रको तानाबानाबारे छलफल भएको जानकारी दिएका छन् । बुधवार वाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा षड्यन्त्रको तानाबाना बुनिरहेको र यसबारे छलफल भएको बताएका हुन् ।   मोर्चा संयोजक रहेका उनले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण हुने कार्य भएकाले पुनः दलहरू एक भएर गम्भीर रूपले अघि बढ्नुपर्ने बताए । संविधान रक्षाका लागि एमालेभित्र गरेको विद्रोहले विघटित गरिएको प्रतिनिधिसभा पुनः स्थापित गरेको स्मरण गराउँदै उनले अहिले फेरि संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर…
Read More
जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

काठमाडौँ, ११ पुस । राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको बताएका छन् । देशको प्रधानमन्त्री बस्ने र जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेष वा मोर्चाको सम्पर्क कार्यालयजस्तो बनाउन नहुने भन्दै उनले यो विषय नैतिक आचरणको रहेको बताए । यसबारे सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् :   समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ। देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी…
Read More
सहकारी ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

सहकारी ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत, ११ पुस । पर्वतको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधवार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।   सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका उनी अन्ततः बुधवार दिउँसो पक्राउ परेका हुन् । उनलाई १ करोड ५० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । रकम लिएर पनि काम नभएपछि सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो । साथै…
Read More
अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैन: प्रधानमन्त्री

अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैन: प्रधानमन्त्री

काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपिल गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन,  विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन्। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैन।’ संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रस्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले…
Read More
चीनका विरुद्ध लड्न अमेरिकालाई नेपाली भूमि चाहिएको छ ः के.सी.

चीनका विरुद्ध लड्न अमेरिकालाई नेपाली भूमि चाहिएको छ ः के.सी.

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले महान् सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएकाले चीन साम्राज्यवादी मुलुक बनेको धारणा राख्नुभएको छ । नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० पुस १० गते मङ्गलवार तदनुसार डिसेम्बर २६, २०२३ का दिन सम्पन्न एक सय एकतिसौँ जन्म जयन्ती समारोहमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । अध्यक्ष केसीले भन्नुभयो– ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए चीन वैज्ञानिक समाजवादी देश हुने थियो । त्यो क्रान्ति असफल भएकाले अर्थात् चीनमा पुँजीवादको पुरस्थापना भएकाले त्यहाँ साम्राज्यवादी व्यवस्थाको स्थापना भएको हो ।’ उहाँले चीन समाजवादी देश नभएको ठोकुवा गर्दै उक्त देश साम्राज्यवादी…
Read More
मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती हो: प्रधानमन्त्री प्रचण्ड

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १० पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताएका छन् । मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।   ‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन। माओपछि विश्व परिस्थितिमा निकै ठुलो फेरबदल आएको छ। सबैभन्दा ठुलो परिवर्तन आइटी क्षेत्रमा आएको छ। साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ। हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण…
Read More
को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिवार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट सहरी विकास मन्त्री बनेकी कृष्ण केसी र नेपाली काङ्ग्रेसबाट उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा शपथ खुवाएका हुन् ।   बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री चौधरीले अझैँ मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, काङ्ग्रेसबाट राजु खनाल…
Read More
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन । यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्ततः समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्रीका नियुक्ति भएका एक वर्ष पुरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा विशेष सम्बोधन गर्न लागेका हुन् ।
Read More
बालुवाटारमा शीर्ष नेताहरूबिच बैठक सुरु, सङ्क्रमणकालीन न्यायसम्बन्धी छलफल

बालुवाटारमा शीर्ष नेताहरूबिच बैठक सुरु, सङ्क्रमणकालीन न्यायसम्बन्धी छलफल

काठमाडौँ, ९ पुस । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षसहितका नेताहरू सहभागी छन्। छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्। यस्तै बैठकमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ तथा काँग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल भइरहेको छ।
Read More
सन्दीप लामिछानेविरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

काठमाडौँ, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर  जबरजस्ती करणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेको हो ।   गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो । यसपछि वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरूले बहस नोट बुझाइसकेका छन् । गत १५ फागुनमा सर्वोच्च अदालतले  चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।
Read More