Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 32 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

धेरै वर्ष पछि नेपाल निवास पुगे ओली

धेरै वर्ष पछि नेपाल निवास पुगे ओली

काठमाडौँ, २२ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै वर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् । नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन । नेकपा विभाजन भए पछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् । साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् ।  
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

कैलाली, २२ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।  नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकास मन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।  केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ ।  
Read More
मन्त्रीमण्डल र कार्य विभाजन टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

मन्त्रीमण्डल र कार्य विभाजन टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ, २२ फागुन । मन्त्री मण्डलको सङ्ख्या र कार्य विभाजन टुङ्ग्याउनका लागि कार्यदलका बैठक बस्दै छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । सो बैठकले मन्त्रालय सङ्ख्या र जिम्मेवारी बाँडफाँड टुङ्गो लगाउन बारेमा प्रारम्भिक छलफल गर्नेछ । मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । नयाँ गठबन्धन निर्माण भएसँगै सोमवार नै बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम…
Read More
मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौँ, २१ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबिच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच ८ बुँदे सहमति भएको हो। सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। सोमबारै यी राजनीतिक दलबिच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सहमतिअनुसार तीन राजनीतिक दलबाट तीन जना मन्त्रीले शपथ खाइसकेका छन्। सहमतिको पहिलो बुँदामा सरकारको नेतृत्व दाहालले गर्ने उल्लेख छ। उक्त बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी…
Read More
पूर्व गठबन्धनको विघटन गलत  : मसाल

पूर्व गठबन्धनको विघटन गलत  : मसाल

काठमाडौँ । नेकपा (मसाल)ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २१ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो । पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक र महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पार्टीले त्यसको विघटनबाट प्रतिगमनलाई बल पुगेको बताएको छ । बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको पक्षमा मसाल गम्भीर रहेको बताउँदै पार्टीले आफूहरू त्यसको पक्षमा लगातार सङ्घर्ष गर्ने प्रतिबद्धता वक्तव्यमा व्यक्त गरिएको छ । यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ : “आज पूर्व गठबन्धनको विघटन भएको कार्यप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ…
Read More
प्रधानमन्त्री र माधव नेपालबिच भेटवार्ता

प्रधानमन्त्री र माधव नेपालबिच भेटवार्ता

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ए सका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीहरूबिच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो। बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजीलाई बोकेर बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका थिए। मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ। उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ प्रस्थान गरेको बताइएको छ।
Read More
एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल होला?

एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल होला?

काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले पर्ख र हेरको नीति अवलम्बन गर्ने भएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको सहकार्य ताडेर एमाले, रास्वपा लगायत दलसँग नयाँ सत्ता समीकरण गरेसँगै एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवहारका आधारमा निर्णय लिने निर्णय गरेको हो। आज अध्यक्ष माधवकुमार नेपालको निवासमा बसेको सचिवालयको आकस्मिक बैठकले नयाँ गठबन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रस्ट भएपछि मात्रै ठोस निर्णय लिने जनाएको छ। समाजवादीले तत्कालका लागि एमालेसहितको गठबन्धनप्रति मध्यमार्गी धारणा सार्वजनिक गरेको छ। बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरी अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ…
Read More
कवाड व्यवसायिहरुको आन्दोलन चर्कँदै

कवाड व्यवसायिहरुको आन्दोलन चर्कँदै

सञ्जय मिश्राकाठमाडौँ, २० फागुन। सङ्घीय संसद् किरण कुमार साहले काठमाडाै‌ महानगर प्रमुख  बालेन्द्र साह (बालेन)ले कवाडीहरूमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्। काठमाडाैंस्थित कवाड व्यवसायीहरूको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले कवाडीहरूमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरूले दोस्रो दिन सडक प्रदर्शन गरेका छन् । महानगरको हस्तक्षेपविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिनारोकताेक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न  सरकारसँग माग पनि गरे ।  उनले बालेनले गरेको हरकत बन्द गर्न  सरकारको ध्यानाकर्षण गराए  ।  बालेनको पछिल्लो कदम तानासाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले …
Read More
टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

काठमाडौँ, २० फागुन। संसद्मा प्रमुख तीन दल सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरू उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन महत्त्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्ता साझेदार काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।  आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।  सो क्रममा उक्त विधेयकलाई संसद्मा अघि बढाउन उनीहरू सहमत भएका…
Read More
१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी

१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी

रामजी बगाले दुबई, १९ फागुन । आज युएईको दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रम मन्त्री शरदसिंह भण्डारी र श्रम सचिव केवल प्रसाद भण्डारी,वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलगायत वैदेशिक रोजगार ब्यावसायीहरु दुबई आई पुगेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आयोजनामा युएई स्थित दुबईको होटेल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारीलगायतका अतिथिहरू दुबई आई पुगेका हुन । रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । मेलामा एक सय भन्दा बढी म्यानपावर व्यवासायीहरु सँगै एनआरएनएका प्रतिनिधिहरू र दुबईमै व्यवसाय गर्दै…
Read More