Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी


रामजी बगाले

दुबई, १९ फागुन । आज युएईको दुबईमा आयोजना हुने ‘दुबई रोजगार मेला’ मा सहभागी हुन श्रम मन्त्री शरदसिंह भण्डारी र श्रम सचिव केवल प्रसाद भण्डारी,वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलगायत वैदेशिक रोजगार ब्यावसायीहरु दुबई आई पुगेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आयोजनामा युएई स्थित दुबईको होटेल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने ‘रोजगार मेला’मा सहभागी हुन मन्त्री भण्डारीलगायतका अतिथिहरू दुबई आई पुगेका हुन ।


रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । मेलामा एक सय भन्दा बढी म्यानपावर व्यवासायीहरु सँगै एनआरएनएका प्रतिनिधिहरू र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरूको सहभागिता हुनेछ ।

नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटेलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ वर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका विभिन्न मुलुकमा सकारात्मक रूपमा पुग्ने बताइएको छ । 

मेलामा  ६४ वटा विभिन्न स्टल राखिने सङ्घका महासचिव मेघनाथ भुर्तेलले बताए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती,युएईका लागी नेपाली राजदूत तेज बहादुर क्षेत्री,एनआरएनए आइसिसीका कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना,एनआरएनए युएईका अध्यक्ष विकास शाही लगायतको उपस्थिति रहने छ । यसकालागि मन्त्री, सचिव लगायत सबै टोली शुक्रवार बेलुकानै दुबई आईपुगीसकेका छन् । 

दुबई रोजगार मेलाबाट रोजगारदाता र म्यानपावर व्यवसायी बिच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिनै वैदेशिक रोजगारमा डिमान्ड पाउन सक्ने र त्यस्ता डिमान्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिइएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरूले विश्वास लिएका छन् । 

मेलामा युएईस्थित रोजगारदाताहरू, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेस्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एसोसिएसनलगायतको सहभागिता रहने उक्त मेला युएईस्थित नेपाली दूतावास र वैदेशिक रोजगार बोर्डको सहकार्य हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...