health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २१ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबिच ८ बुँदे सहमति भएको छ।
सोमबार साँझदेखि बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच ८ बुँदे सहमति भएको हो।
सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
सोमबारै यी राजनीतिक दलबिच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सहमतिअनुसार तीन राजनीतिक दलबाट तीन जना मन्त्रीले शपथ खाइसकेका छन्।
सहमतिको पहिलो बुँदामा सरकारको नेतृत्व दाहालले गर्ने उल्लेख छ।
उक्त बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबिच सहकार्य आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबिच संयुक्त सरकार गठन गर्ने उल्लेख छ।
सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ।
सहमतिको तेस्रो बुँदामा सरकारमा सहभागी दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ।
चौथो बुँदामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्त कायम गर्नका लागि यससँग सम्बन्धित र अन्य विषयहरू सहमतिको आधारमा अविलम्ब टुङ्ग्याउने छ।
यस्तै, पाँचौँ बुँदामा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने उल्लेख छ।
छैटौँ बुँदामा सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने, सातौँमा सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ संयुक्त सरकार गठन गर्ने छ।
सहमतिको अन्तिम बुँदामा चार राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवाद उन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने उल्लेख छ।
यी चार राजनीतिक दलबिच सोमबार नै नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। उक्त सहमतिसँगै नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेससँगको गठबन्धन तोडेको थियो।
प्रधानमन्त्री दाहालले पुरानो गठबन्धनका सबै मन्त्रीलाई पदमुक्त गरिसकेका छन्।
