health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

सञ्जय मिश्रा
काठमाडौँ, २० फागुन। सङ्घीय संसद् किरण कुमार साहले काठमाडाै महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरूमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्।
काठमाडाैंस्थित कवाड व्यवसायीहरूको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले कवाडीहरूमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरूले दोस्रो दिन सडक प्रदर्शन गरेका छन् ।
महानगरको हस्तक्षेपविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिनारोकताेक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग पनि गरे ।
उनले बालेनले गरेको हरकत बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानासाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए ।
‘कवाड व्यवसायीहरू बर्षौंदेखी काठमाडौँमा रहेर व्यापार गर्दै आएका छन् । तर, महानगर प्रमुख बालेन अदालत र नेपालको कानुनभन्दा माथि छैनन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तपाईँहरूको साथमा छ,’ उनले भने, ‘बालेनजी तपाईँ जुन उद्योगी, व्यवसायी, श्रमजीवीको अधिकार खोस्न लागि पर्नु भएको छ। कहीँ तपाईँलाई काठमाडौँ छोड्न नपरोस्।’
कवाड व्यवसायीको माग बालेनले नभएर काठमाडौँ महानगरपालिकाले सम्बोधन गर्नुपर्ने उनकाेे भनाइ छ । सांसद किरण कुमार साहले काठमाडौँलाई सुन्दर सफा र स्वच्छ बनाउन कवाड व्यवसायीको ठुलो भूमिका रहेको चर्चा गर्दै उपत्यकाबाट दैनिक ७० ट्रक कवाड बाहिर जाने गरेको बताए ।
आमजनता पार्टी निकट आइटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले पनि कवाड व्यवसायीको अधिकारको लागि आवाज उठाए ।
काठमाडौँ महानगरपालिकाले कवाडीहरूलाई व्यवसाय बन्द गर्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका छन्। कावाडीहरुको आन्दोलनलाई आमजनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले समर्थन जनाएका छन्।