Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 23 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूलाई आयोगले सोध्यो स्पष्टीकरण

लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण नगरेका राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गरेको छ । आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २० राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरिक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एक राजनीतिक दल गरी २१ राजनीतिक दललाई सात दिन भित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जनाएको छ । लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूमा आम आदमी पार्टी, नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक,…
Read More
क.पुष्पलालका राजनैतिक योगदानमाथि परिचर्चा कार्यक्रम सम्पन्न 

क.पुष्पलालका राजनैतिक योगदानमाथि परिचर्चा कार्यक्रम सम्पन्न 

काठमाडौँ वैशाख ९ । ‘नेपालमा धेरै कम्युनिस्ट पार्टीले आफूलाई क.पुष्पलालको उत्तराधिकारी भएको बताउँछन् । तर त्यसरी उत्तराधिकारी घोषित गर्दैमा क्रान्तिकारी भइने होइन । मूल कुरा उनको क्रान्तिकारी विचारलाई कति अवलम्बन गर्न सकिन्छ ? त्यो नै मुख्य कुरा हो ।’– ज्ञानशाला अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले बताए ।   क.पुष्पलाल जन्म शताब्दीको अवसरमा क.पुष्पलालको राजनैतिक योगदान विषयक परिचर्चा कार्यक्रममा अध्यक्ष वैद्यले वर्तमान प्रधानमन्त्रीप्रति लक्षित गर्दै भने, ‘सँगैका साथी प्रधानमन्त्री छन् माया लाग्छ । तर के गर्ने ? दयाका पात्र बनेका छन् ।’ उनले भने, क.पुष्पलालले भनेझैँ स्थिति बदल्नुपर्दछ । त्यसको लागि क्रान्तिकारी शक्तिहरूबिचको एकता नै…
Read More
हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ: माधव नेपाल

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ: माधव नेपाल

रौतहट, ७ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्‍यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । आफू देशका ठुला हस्ती राजा वीरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला देखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लाल बकैया नदिमा नवनिर्मित मधेस प्रदेश कै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै…
Read More
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट

काठमाडौँ, ८ वैशाख । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदै छ । आज देखी सुरु हुने सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदै छन् ।  शनिवार देखी सुरु हुने प्रतिनिधि परिषद्को बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ । शुक्रवार पत्रकार सम्मेलनमा एमालेका महासचिव शङ्कर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्नेसमेत बताए । बैठकमा मिसन ग्रास रुट सङ्गठन सुदृढीकरण अभियान र समृद्धिका लागि सङ्कल्प यात्राका रूपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको…
Read More
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो । सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।
Read More
माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता जारी रहेको छ । झापाबाट काठमाडौँ आउनासाथ एमाले अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका हुन् । सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीले छलफल गरिरहेका बेला गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि पुगेका छन् । एकीकृत समाजवादीले सुदूरपश्चिममा काँग्रेससँग मिलेर सरकारमा दाबी गर्ने तयारी समेत गरेपछि अन्तिम समयमा एमालेले दीर्घ सोडारीलाई समर्थन गरेपछि सोडारी मुख्यमन्त्रीमा नियुक्त…
Read More
पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र

पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफूहरूको समर्थन नरहेको बताएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउँदै नाउपाका पाँच सांसदले आफूहरूको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन् ।  पत्रमा उनीहरूले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैर संवैधानिक, गैर कानुनी भएको स्पष्ट गरेका छन् ।  पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन् । पत्रमा लक्ष्मण किशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् ।  उनीहरू पाँचै…
Read More
सर्वोच्चको आदेश विपरीत किन जाँदै छ गण्डकीमा एमाले ?

सर्वोच्चको आदेश विपरीत किन जाँदै छ गण्डकीमा एमाले ?

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेश विपरीत विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ७ गतेका लागि प्रदेश सभाको आह्वान गरेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् । सोही प्रयोजनका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका छन् । गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने क्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम…
Read More
कोसीमा राजनीतिक अन्यौलता बढ्दै

कोसीमा राजनीतिक अन्यौलता बढ्दै

विराटनगर । कोसी प्रदेशमा राजनीतिक अन्यौलता बढिरहेको छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्योलताले निकास पाउने अहिलेसम्म देखिएको छैन । मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने दाबी गर्दै आफूलाई हटाउने प्रावधान संविधानमै नभएको दाबी गर्दै आएका छन् । त्यस्तै अर्कोतर्फ एमाले र माओवादी केन्द्रले भने समर्थन फिर्ता लिएपछि सरकार स्वतः अल्पमतमा पर्ने र प्रदेश सभामा विश्वासको मत लिनै पर्ने बताउँदै आएका छन्  । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेकाले पुनः विश्वासको मत लिन नपर्ने दाबी गर्दै आएका छन् ।…
Read More
मधेस प्रदेशसभामा झडप, बैठक फेरी स्थगित

मधेस प्रदेशसभामा झडप, बैठक फेरी स्थगित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन् । जनमत पार्टीका सांसदहरूले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन् । त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ । दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । यसअघि पनि संसद् अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक  करिब ५…
Read More