health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन् ।
जनमत पार्टीका सांसदहरूले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन् । त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ ।
दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यसअघि पनि संसद् अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक करिब ५ घण्टापछि सञ्चालन गरेका थिए ।