16
Apr
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न फेरी आह्वान गरेका छन्। यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाँले वैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् । यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए । सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले छुट्टा छुट्टै दाबी पेस गरेका थिए । तर…